Ultimate magazine theme for WordPress.

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा पिस पोस्टर प्रतियोगिताको आयोजना

220

वीरगंज, २ कार्तिक / लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा पिस पोस्टर प्रतियोगिताको आयोजना गरिएको छ । वीरगंजको सेस्मी इन्टरनेशनल स्कूलमा शुक्रवार आयोजित प्रतियोगितामा कक्षा ५,६ र ७ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ६ की मन्जरी यादव प्रथम, सिर्जना साहु द्वितीय र कक्षा ७ का रौनक कायस्थ तृतिय भएका थिए । एक घण्टा समय दिएर विद्यार्थीहरुलाई शान्तिको यात्रा शीर्षकमा चित्र बनाउन लगाईएको थियो । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सपना मित्तल अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सेस्मी इन्टरनेशनल स्कुलकी प्रिन्सिपल अाश्मा सिंह यादव, विशिष्ट अतिथि लायन्स क्लबका सिनियर डिष्ट्रिक्ट एडभाईजर देव चौधरी, एरिया चीफ राघव अचार्य, एम्बेसडर अफ गभर्नर बासु तिमिल्सीना, रिजन चेयरपर्सन चन्द्रशेखर पटेल, जोन चेयरपर्सन विजया अोझैया, विद्यालयका शिक्षकहरू मोनालाल यादव, ममता प्रिया जयसवाल, उत्तम सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सेस्मी ईन्टरनेशनल स्कुल कक्षा १० मा अध्ययनरत मेहर यादवले गरेकी थिईन ।
वीरगंजको सेस्मी इन्टरनेशनल स्कूलमा शुक्रवार आयोजित प्रतियोगितामा खिचिएका केही क्लिक :



Leave A Reply

Your email address will not be published.