Ultimate magazine theme for WordPress.

बाराको सीमाबाट रूकेन चौपाया तस्करी, प्रहरी/प्रशासन रकममा लिप्त

198

बारा, ७ भाद्र / बाराको सीमा नाकाबाट चौपाया तस्करी तिब्र रूपले बढेपनी प्रहरी/प्रशासन रकममा लिप्त रहेको बुझिन्छ । नेपाल र भारतको सीमा नाकाबाट चौपायाहरूको तस्करी बढेपनी सीमा नजिकै रहेको प्रहरी चौकी तथा सशस्त्र प्रहरी रकममा लिप्त रहेका हुन ।
भारतको घोडासहनबाट दिनहु सयौ सन्ख्यामा भैंसी अबैध तरिकाले नेपाल भित्रिएपनी नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रती भैंसी ५ सयको दरले रकम बुझी नेपाल भित्रिन दिने, भैंसी तस्करनै बताउछन । सीमा नजिकै रहेको प्रहरी चौकी छतवा र बोर्डर आउट पोस्ट बरैनियाको सन्युक्त टोलिलाइ प्रती भैंसी ५-५ सयको दरले दिने गरेकोले नेपाल भित्रयाउने गरेको बताए ।
नेपाल सरकारले चौपायाबाट उठने राजस्वलाइ समेत बन्द गर्दा चौपायाको तस्करी बन्द भएको छैन । पैसा भए के नै हुन सक्दैन र ? भन्ने शब्दलाइ चरितार्थ चौपाया तस्करबाटै प्रष्ट हुन्छ । सीमा नाकाबाट तस्करी भएपनी प्रहरी/प्रशासन मौन हुनु रकमी चलखेल रहेको प्रष्ट हुदैन र भन्दै एकजना स्थानियले प्रश्न गरे । प्रहरी चौकी छतवाको प्रमुखको रूपमा आउनु भएका प्रहरी नायब निरीक्षक अशोक कुर्मीले प्रती भैंसी रकम उठाउदा यस्तो तस्करी सुचारू भएको स्थानियले आरोप लगाए ।
सीमाबाट अबैध तरिकाले भित्रिएको चौपाया केही भ्रष्ट जनप्रतिनिधि र क्वारेन्टाइनको डाक्टरको माध्यमले सिफारिस गरि नेपालको विभिन्न ठाउहरूमा जाने गर्दछ । दुई नम्बरी तरिकाले नेपाल भित्रयाउने चौपायाहरू नेपालको विभिन्न ठाउहरूमा पुग्ने गरेपनी माथिल्लो निकायको यस तर्फ ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । तसर्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त सहयोगमा भइरहेको तस्करीको बिषयमा जिल्लाको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.