Ultimate magazine theme for WordPress.

पर्साको नाकाबाट तस्करहरुका लागि ग्रिन सिग्नल

178

उमेश दुबे
पर्सा, १६ चैत्र / पर्साको ग्रामिण भेगमा पर्ने भिष्वा र मिर्जापुर नाका हुदै प्रहरीले ग्रिन सिग्नल दिनसाथ तस्करी धन्दा मौलाउदै गएको बुझिन्छ । पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा र मिर्जापुरको नाका हुदै ठुला वडा तस्करहरुलाई प्रहरीले ग्रिन सिग्नल दिए पश्चात तस्करीको कार्य सुचारु भएको हो ।
पर्साको भिष्वा नाका हुदै चाइनिज स्याउ र कस्मेटिकको तस्करी तिब्र रुपले अगाडी बढेको छ भने मिर्जापुर नाका हुदै सुपारी र गिटी, बालुवा ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन खुलेको हो । स्थानीय प्रहरीहरुको मिलोमतोेमा तस्करी धन्दा सुचारु भएपनि माथिल्लो निकायको मौनताले सांगठनिक रुपमा तस्करी खुलेको बारे चर्चा चल्न थालिएको हो ।
सीमा नाकामा खटिने सशस्त्र प्रहरी र शान्ति सुरक्षाको नाममा खटिने नेपाल प्रहरीले अवैध धन्दालाई कमाई खाने भाडो नै बनाएको बारे यस घटनाले पुष्टि गरेको छ । वर्दीको आडमा कमाई खाने थल्लो बनाएका प्रहरीहरु सीमाको सुरक्षा गर्न सक्लान ? शान्ति सुरक्षा दिन सक्लान ? भन्ने कुरा व्यापक चर्चाको बिषय बनेको छ । नेपाल र भारतको सीमा नाका हुदै अवैध तरिकाले मालसमान आयात निर्यात हुनुले सांगठनिक रुपमै तस्करीको लाइन खुलेको बारे सहजै अनुमान गर्न सकिन्छ ।
भिष्वा नाकाबाट मात्रै प्र्रति दिन २ करोड भन्दा बढीको मालसमान अवैध रुपमा आयात निर्यात हुने गरेको स्थानीयहरु नै बताउछन । स्थानीयहरुका अनुसार नेपाल र भारतको सीमामा रहेको सशस्त्र प्रहरी बल र भारतीय एसएसवीको चेक प्वाइन्ट स्थापना रहेको छ । चेक प्वाइन्ट पछाडीबाट कस्मेटिक समाग्री तथा अगाडीबाट चाइनिज स्याउको काम हुने गरेको बताए । रातिको समयमा तस्करी गर्ने गिरोह सकृय हुन्छन, उनले बताए । भिष्वाका नामुद तस्कर मुन्ना भनिनेले स्याउ र कस्मेटिक समाग्री भिष्वासम्म र भिष्वाबाट भारतको सिकटासम्म लडु पप्पु भनिने तस्करले कैरियर मार्फत लग्ने गरेको बताए ।
यता दिनभरी सुनशान रहने भिष्वा नाकाबाट रातिको समयमा तस्करहरु मेला लगाए झै तस्करी गराउने गरेको बताए । तर भिष्वा नाकाको बिषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको माथिल्लो निकायले ध्यान नपुरयाएकै कारण खुल्ला रुपले प्रहरी संगठनलाई चुनौती दिदै तस्करहरु आफ्नो अवैध धन्दा सुचारु गरेको पाइन्छ । तसर्थ ः यस बिषयमा द्वय प्रहरी संगठनका माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.