Ultimate magazine theme for WordPress.

नहर सडक निर्माण कार्यमा बाधा पुरयाउदै फेटा गाउपालिका अध्यक्ष अन्सारी

214

बारा, १० असार / बाराको बसवरीयादेखी पर्साको जानकी टोलासम्म निर्माण भइरहेको नहर सडकको विकास कार्यमा मेयर नै बाधा पुरयाएको भन्दै स्थानीयले आरोप लगाएका छन । बारा जिल्लादेखी पर्सा जिल्लाको ग्रमिण भेग जोडिने नहर सडक निर्माण कार्यमा फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीले अवरोध पुरयाएको भन्दै स्थानीय र ठेकेदार कम्पनीले आरोप लगाएका हुन ।
फेटा गाउपालिका वडा नम्बर ३ फेटा बजार स्थित रहेको मेयर रुसतम अन्सारीको बुवा नुरैन मिया अन्सारीको नाममा निर्माण भएको भौतिक पूर्वाधार टहरा नहटाउदा बिकास निर्माणमा बाधा पुरयाएको भन्दै आरोप लाग्न थालिएको छ । स्थानीय तथा पूर्व गाउपालिका अध्यक्ष अमिरीलाल प्रसाद कलवारका अनुसार निर्माण भइरहेको नहर सडकको जग्गामा टहरा निर्माण गरी मेयर रुस्तमले हटाउन नमान्दा यस्तो आरोप लाग्न थालिएको बताए । नहरको जग्गामा कुनैपनि सर्तमा भौतिक पूर्वाधार निर्माण गर्न नपाइने र निर्माण गरेको भए हटाउनको निम्ति नारायणि सिचाईले परिपत्र गरेपनि टहरा तथा भौतिक पूर्वाधार नहटाएको कारण मेयर विकास बिरोधी भएको आरोप लाग्न थालिएको बताए ।
बारादेखी पर्सा जिल्लासम्म ६२ किलोमिटरको नहर सडक निर्माण भइरहेको र यस कार्यमा फेटाका अध्यक्ष नै बाधा पुरयाइरहेको ठेकेदार कम्पनीले बताएको छ । करिब १ सय ७ करोडको लागतमा निर्माण भइरहेको नहर सडकको कार्यमा आफ्नो मनमौजी पाराले सरकारी जग्गा नै अतिक्रमण गरी टहराहरु निर्माण गरिएको कारण सडक निर्माणको कार्यमा अवरोध भएको रबि कन्ष्ट्रकसनका कर्मचारी बताउछन । नारायणी सिचाई अन्तर्गत निर्माण भइरहेको उक्त नहर सडकका कारण हजारौ सर्वसधारण लाभवन्दित हुन सक्ने भएपनि मेयर अन्सारीकै कारण थप समस्या उत्पन्न भएको बताइन्छ ।
फेटा गाउपालिका वडा नम्बर ३ फेटा बजार स्थित रहेको मेयर रुस्तम अन्सारी लगायत नरेश प्रसाद, सोनालाल प्रसादले सरकारी जग्गा नै अतिक्रमण गरी घर टहरा निर्माण गरेका कारण थप समस्या उत्पन्न भएको बताइन्छ । नारायणी सिचाई कार्यालयले निर्माण गरिरहेको नहर सडकमा निर्माण भएको घर टहरा हटाउन बारम्वार परिपत्र जारी गरेपनि हटाउन नमान्दा सडक निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीले बताएको छ ।
यता यस बिषयमा फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारी संग बुझन खोज्दा उहा सम्पर्कमा आउन चाहेन्न । तसर्थ ः निर्माण कार्यमा अवरोध पुरयाउने जो कोही माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.