Ultimate magazine theme for WordPress.

लागु औषध गाजा सहित ट्रक सशस्त्र प्रहरीद्वारा बरामद

152

उमेश दुबे
महोतरी, २८ चैत्र / महोतरीको सुनौलबाट लागु औषध गाजा सहित ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । नेपालबाट भारततर्फ लागु ओसार पोसार भइरहेको बिशेषको सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले लागु औषध गाजा सहित ट्रक र चालकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
महोतरीको मनरा सिसुवा गाउपालिका वडा नम्बर ३ सुनौलबाट लागु औषध गाजा बोकेके ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । नेपालबाट भारततर्फ ना ३ ख ७९३५ नम्बरको ट्रकमा लागु औषध गाजा गइरहेको बिशेष सुचनाको अधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो । सुनौलको बाटो प्रयोग गर्दै भारततर्फ लाने गरेको बिशेष सुचनाको अधारमा खटिएको स्कवाड टोलीले ट्रकमा लोड रहेको लागु औषध गाजा ९३ किलोग्राम सहित चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
लागु औषध गाजा सहित धादिङ निवासी रमेश तमाङलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । लागु औषध गाजा सहित बरामद भएको ट्रक र चालक तमाङलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय महोतरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.