Ultimate magazine theme for WordPress.

जनजाति महासंघको महाधिवेशनमा एमाले विरुद्ध सबै पार्टीको मोर्चाबन्दी

88

चितवन / पौष ५  : चितवनमा जारी नेपाल आदिवासी जनजाति महासंघको निर्वाचनमा सबै दलहरुले नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नयाँ शक्त्ति पार्टीले गठबन्धन बनाएको छ भने एमालेले एक्लै भिड्ने प्राय निश्चित भएको छ ।

मंगलबार अबेरसम्म निर्वाचन गराउने तयारीको साथ काम भइरहेको छ । महाधिवेशनमा २२ बिदेश शाखा, ७१ जिल्ला समन्वय परिषद र ६५ वटा महासंघ आवद्ध जातीय संस्थाबाट गरी ४ सय २२ जना प्रतिनिधि पर्यवेक्षक सहभागी छन् । तर, निर्वाचनमा संघीय परिषद् सचिवालयको कार्य समिति चुनावमा ५६ जातीय संगठनले मात्र मतदान गर्न पाउँछन् । हरेक जातिय संस्थाले आफ्नो प्रतिनिधि पठाउँने गर्छन् । जातिय संस्थाले पठाएको प्रतिनिधि नै यसको आधिकारिक उम्मेदवार हो । महासंघको जिल्ला र शाखा र विदेश शाखा पनि छ । तर, उनीहरुलाई चुन्ने र चुनिने अधिकार छैन । उनीहरु परिवेक्षकको रुपमा मात्रै महाधिवेशनमा सहभागी हुन पाउछँछन् । मतदान प्रक्रियामा भने ५६ जातीय संगठनले पठाएको प्रतिनिधले मात्रै भोट हाल्न पाउँछन् ।

५६ मध्ये एमालेसँग १८, कांग्रेससँग १५, संघीय समाजवादीसँग ११ र माओवादी केन्द्रसँग ६ मत रहेको छ । आफूहरुसँग मत संख्या न्युन रहेपछि माओवादी र संघीय समाजवादीले सुरक्षित हुनको लागि गठबन्धनको प्रयासमा लागेका थिए । ‘एमालेलाई एक्ल्याउँदै गठबन्धन बनेको छ’, सर्वसम्मतिको कसरतमा लागेका किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले भने, ‘कांग्रेस, माओवादी र संघीय समाजवादी गठबन्धनमा छन् ।’ उता गठबन्धन बनिसक्दा पनि एमालेसम्बद्ध अध्यक्ष उम्मेदवार सर्वधन राई र सूर्य भुजेल एकअर्कालाई छाड्न चाहिरहेका छैनन् । यद्यपि, अध्यक्ष आकांक्षी राईले पार्टीभित्र सहमति गरेरै जाने जिकिर गरे ।

 

यस्तो छ गठबन्धको पद भागबन्डा
अध्यक्ष नेपाली कांग्रेले पाउने भएको छ । नेपाल आदिवासी जनाजाति महासंघका कोषाध्यक्ष समेत रहेका जगत बरामलाई गठबन्धनले अध्यक्षको रुपमा अघि सारेको छ । यसैगरी अध्यक्षको दाबेदारी गरिरहेको संघीय समाजवादी फोरमका नित्यानन्द ताजपुरियालाई महासचिवको उम्मेदवार बनाएको छ ।

ताजपुरिया महासंघकै पूर्वसचिव हुन् । झापा लखनपुर–२ स्थायी घर भएका ताजपुरिया संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन् । ताजपुरिया समाज कल्याण परिषदबाट महासंघको अध्यक्षको दाबेदार बनेका हुन् । माओवादी केन्द्रबाट अध्यक्षका दावेदार नवाङ शेर्पाले तेश्रो आकर्षक पद दिइनेछ । स्रोतका अनुसार उनी कोषाध्यक्ष बन्नेछन् । उनी एमालेबाट माओवादीमा पुगेकी लक्की शेर्पाका पति समेत हुन् ।

 

यी पार्टीका चुनावी कमाण्डर
सधैं जसो नेपाल आदिवासी जनजाति महासंघको निर्वाचनमा अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच ध्रुवीकरण हुने गरेको थियो । यसअघिको महासंघको निर्वाचनमा अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच धु्रवीकरण हुदा अल्पसंख्यक समुदायगत संस्थाहरु एकतिर लाग्दा नगेन्द्र कुमालले चुनाव जितेका थिए । त्यसअघिका निर्वाचनमाहरुमा पनि अल्पसंख्यक एंव बढी सिमान्तकृत समुदायका प्रतिनिधि अध्यक्ष बनेका थिए । यसअघि पासाङ्ग शेर्पा, राजकुमार लेखी, डा.ओम गुरुङले नेतृत्व सम्हालीसकेका छन् । तर, यस पटक भने अल्पसंख्यक र बहुसंख्यको नारा नलागेको बताइन्छ । पार्टीगत चुनावको प्रभाव बढी परेको छ ।

यस पटक दलीय मोर्चा र शक्तिकै हिसाबले महासंघको नेतृत्व चयन हुदैंछ । यस निम्ति एमालेले सचिव एंव एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पृथ्वी सुब्बा गुरुङ, परशुमेघी गुरुङ, कांग्रेसले आईबी गुरुङ, माओवादीले वर्षमान पुन र संघीय समाजवादी फोरमले रकम चेम्जोङलाई चुनावी कमाण्डरको रुपमा खटाएको छ । सबै नेताहरु एक साताअघिदेखी चुनावी दौडधुपमा छन् ।

 

Leave A Reply

Your email address will not be published.