Ultimate magazine theme for WordPress.

खैरो हेरोइन सहित हुसेन पक्राउ

89

उमेश दुबे
बारा, १४ माघ / बाराको छतवाबाट एक जना भारतीय नागरिक लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका छन । भारतबाट नेपाल आउदै गरेको बिशेष सूचनाको अधारमा सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले लागू औषध सहित हुसेनलाइ पक्राउ गरेको हो ।

बिहिबार साझ करिब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहात सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलिले लागू औषध खैरो हिरोइन सहित एक जना भारतिय नागरिकलाइ पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । बिश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नागरिकलाइ खैरो हिरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारत बिहार, जिल्ला मोतिहारी, थाना हरपुर, ग्राम पंचायत हरपुर वडा नं.१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको ३२ बर्सिय छोरा नबाब हुसेनलाई लागू औषध खैरो हिरोइन पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बिआर०५एपि ६०४६ नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्दा भाइजरको भागमा लूकाइ छिपाइ राखेको अवस्थामा २१ ग्राम अबैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ । निज भारतीय नागरिकलाइ लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.