Ultimate magazine theme for WordPress.

ओभरलोडको नाममा ट्राफिक प्रहरीको कमाई धन्दा

253

पर्सा, २६ असार / भारतबाट आयात हुने मालबाहक सवारी साधनबाट ट्राफिक प्रहरीले मनग्य आम्दानीको श्रोत बनाएको एक घटनाले उजागर पारेको छ । एकीकृत भन्सार जाच चौकीबाट प्रति दिन नेपाल आयात हुने भारतीय नम्बरको गाडीबाट ओभर लोडको नाममा ट्राफिक प्रहरीले आम्दानीको श्रोत बनाएको बारे एक घटनाले उजागर पारेको हो ।
भारतको महाराष्ट्रबाट मालबाहक सवारी साधन एकीकृत जाच चौकी हुदै नेपाल भित्रिएपनि ट्राफिक प्रहरीको असुली धन्दाले चालकहरु आजित हुन थालेका छन । हप्तौ दिन लगाएर नेपाल भित्रिएको भारतीय ट्रकका चालकहरु संग ओभर लोडको नाममा ३ हजारदेखी ५ हजार रकम लिने गरेको भारतीय चालक बताउछन । भारतीय चालकका अनुसार ट्राफिक पोष्ट परवानिपुरका ट्राफिक प्रहरीले आफ्नो मनमौजी पाराले ओभर लोडको नाममा रकम असुली गर्ने गरेको बताउछन । नेपालको निम्ति आफुहरु दुख कष्ट गर्दै हप्तौ दिन लगाएर नेपाल भित्रिने गरिन्छौ तर ट्राफिक प्रहरीको कमाई धन्दाले आजित हुन थालिएको भारतीय चालक बताउछन ।
ट्राफिक प्रहरी पोष्टका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक राम आर्य कमाण्ड सम्भाले दिनदेखी नै ट्राफिक प्रहरीको काम कारवाही फितलो हुनुको साथै भारतीय सवारी साधनबाट मात्रै रकम असुल गर्ने गरिएको प्रहरी श्रोतको भनाई रहेको छ । नेपाली नम्बर मोटरसाइकल लगायत सवारी साधनलाई चेकजाच नै नगरी पठाउने गरिएको र मात्र भारतीय सवारी साधनलाई दुख दिदै रकम असुल गर्ने गरेको उनकै प्रहरी श्रोतले जनाएका हुन । मुलुक बाहिरबाट आएका भारतीय सवारी साधनका चालकहरु केही नबताउदै डराएर रकम दिने गरेको कारण मनमौजी पाराले आर्थिक कलेक्सन भइरहेको समेत उनले दावी गरे ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक ध्रुव दहालले यस बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन । उनका अनुसार यस बिषयमा आफु बुझ्ने र त्यसो कार्य गरेको पाए कारवाही प्रकृया अगाडी बढाउने बताउनु भएको हो । ट्राफिक प्रहरीको सेन्डिकेट तोड्न ट्राफिक प्रहरी निरीक्षक दहालले बताएपनि कारवाही प्रकृया अगाडी बढाउने हुन की मुकदर्शक मात्र बन्ने हुन, हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.