Ultimate magazine theme for WordPress.

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी र तोडफोड, सर्वसधारणले गर्न सकेन्न शान्ति सुरक्षाको प्रत्याभुती

191

बारा, ३ चैत्र / बाराको फेटा गाउपालिका वडा नम्बर १ का वडा कार्यालयमा अज्ञात समुहले आगजनी र तोडफोड गरेका छन । रातिको समयमा अज्ञात समुहले वडा कार्यालयको मुल गेट र पानीको टयान्कीमा आगजनी र तोडफोड गरेका हुन ।
अज्ञात समुहले लगाएको आगलगीका कारण वडा कार्यालयको कम्पयूटर लगायत सर—समानमा क्षति पुगेको वडा अध्यक्ष बिगन दास तात्वाले जानकारी दिनुभयो । उहाका अनुसार मुलगेटमा आगजनी गरेको कारण सर्ट सरकिट भई कार्यालय भित्र रहेको मोनिटर, प्रिन्टर ध्वस्त हालत मै रहेको र चापाकल खोलेरै लगिएको बताए । त्यति मात्र नभई वडा कार्यालय माथि राखिएको पानीको टयान्कीलाई समेत तोडफोड गरि फालिएको, उनले बताए ।
यता फेटा गाउपालिका वडा नम्बर १ का स्थानीयहरु प्रहरी प्रशासनको फितलो काम कारवाहीका कारण खुल्याम धांधली तथा आगजनी हुने गरेको आरोप लगाएका छन । रातिको समयमा प्र्रहरीहरु मात्र तस्करी धन्दातर्फ केन्द्रित हुन थालेपछि भित्रि भेगका सर्वसधारणले शान्ति सुरक्षाको प्रत्याभुती गर्न नसकेको आरोप, स्थानीयहरुको रहेको छ । यस बिषयमा इलाका प्रहरी कार्यालय प्रसौनीले आगजनी र तोडफोड गर्ने अज्ञात समुहलाई खोज तलाश भइरहेको बारे जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.