Ultimate magazine theme for WordPress.

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गर्यो वीरगंजमा बृहत् रयालीसहित शक्ति प्रदर्शन

172

पर्सा, १९ चैत्र / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगन्जमा शक्ति प्रर्दशन गरेको छ । अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगंजमा शक्ति प्रर्दशन गरेको हो ।
नेपाल सरकारले तोकेको निर्वाचनको मिति नजिकदै जादा मधेसका शीर्ष नेताहरुको सहभागितामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बृहत् ¥यालीसहित शक्ति प्रदर्शन गरेको छ । पर्सा जिल्लामा ठुला वडा पार्टी भनाउदाहरुले मधेसी पार्टी माथि बिभिन्न टिका टिप्पनी गर्दै पार्टी प्रवेश गराउने कार्य गर्दै आएको बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बृहत् ¥यालीसहित शक्ति प्रदर्शन गरेको हो ।
केही नेताहरु अन्य दलमा प्रवेश गरे संगै पार्टी कमजोर नहुने बताउदै शनिवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शीर्ष नेताहरुको सहभागीतामा बृहत् ¥यालीसहित शक्ति प्रदर्शन गरेको हो । बाराको सिमरा बिमान स्थलमा लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, केन्द्रीय नेताहरु राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ललाई भव्य स्वागत समेत गरिएको थियो । लोसपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोतम झाको नेतृत्वमा सिमरा बिमान स्थल पुगेका नेता कार्यकर्ताहरुले राष्ट्रिय अध्यक्ष ठाकुर सहित शीर्ष नेताहरुलाई भव्य रुपले स्वागत गरेका थिए । सिमरा बिमान स्थलबाट निस्केको बृहत ¥यालीमा सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकल सहित निस्किएको ’स्वभिमान यात्रा’ नामक ¥याली वीरगंजको बिभिन्न ठाउ हुदै नगर गृहमा पुगेको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आयोजना गरेको स्वाभिमान सभामा राष्ट्रिय अध्यक्ष महन्त ठाकुरले मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि नसकिएको बताउदै आन्दोलन अहिले पनि जारी रहेको बताउनु भयो । उहाले मधेसका मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने बताउनु भयो । अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद नरोकिए निर्णायक मधेस आन्दोलन हुने राष्ट्रिय अध्यक्ष ठाकुरले बताए ।
कार्यक्रममा सम्बोधन गर्र्दै बरिष्ट नेता राजेन्द्र महतोले मधेसको मुद्दा र स्वाभीमानको लागि संघर्ष अहिले पनि जारी रहेको बताउनु भयो । उनका अनुसार केही जना अवसरवादी र भगौडा नेताले मधेसी दल छाडेर जादैमा मधेसको मुद्दा र मधेसवाद समाप्त नहुने ठोकुवा गरे । उनले मधेसको अधिकार र मागका लागि मधेसी संघर्ष अहिले पनि चलिरहेको बताउनु भयो । उनका अनुसार आंशिकरुपमा मात्रै मधेसले आफ्नो अधिकार पाएको बताउदै बाकी अधिकारको लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुने बताउनु भयो । बाकी अधिकारको लागि छिट्टै अर्को मधेस आन्दोलनमा सहभागी हुन र समर्थन गर्न तयार रहन मधेसी जनतालाई तयार रहन आग्रह गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभामा शीर्ष नेता अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, शशीकपुर मिया, प्रहलाद गिरीलगायतका नेताहरुले पनि आ—आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.