Ultimate magazine theme for WordPress.

बाराका ४ स्थानीय तहमा एकल देखि दलित महिला लाई राहत बितरण

87

साजिर मन्सुर , कलैया, १४ असार । बाराका चार स्थानीय तहमा एकल महिला , दलित , र अपाङ्ग भएका महिलाहरु लाई राहत बितरण गरिएको छ । टेवा धापाखेल ललितपुर को सहयोग तथा ग्रामीण उत्थान अभियान द्वारा गठित सामुदायिक सुरक्षा जालो को आयोजनामा राहत वितरण गरिएको हो । चार वटा स्थानीय तहका २३ घर परिवारलाई ३ महिना सम्म खान पुग्ने एकल महिला, दलित महिला तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि उक्त राहत वितरण गरिएको संस्था को अध्यक्ष मुकदम अन्सारीले जानकारी दिएका छन् । उक्त राहत कलैया उपमहानगरपालिक का ११ परिवार , महागढीमाई नगरपालिका का २ परिवार, बारागढी गाउँपालिका का ३ परिवार तथा करैयामाई गाउँपालिका का ७ परिवारमा लाई बितरण गरिएको हो । राहत वितरण अन्तर्गत प्रति परिवारलाई चामल –९० किलो, मसुरोदाल – ९ किलो, खाने तेल –६ लिटर, चिउरा ३ किलो, चिनी ३ किलो, नून ३ किलो, सर्फ ३ किलो , साबुन १८ पिस, डिटल ३ बोतल, कपास ३ रोल, पारासिटामोल ९० पिस, जिवनजल १८ पिस, सेनिटरी प्याड ३६ पिस, ग्याँस चुल्हा १ पिस, मोबाईल सेट १ पिस, कुकर ४ पिस, तरकारीको बिउबिजन लगायत वितरण गरिएको हो । उक्त राहत करैयामाई गाउँपालिका का मेयर शम्भु प्रसाद यादव को उपस्थितिमा करैयामाई मा वितरण गरिएको थियो भने कलैया उपमहानगर वडा नम्बर २७ मा वडा अध्यक्ष अशोक तिवारीको उपस्थितिमा वितरण गरिएको थियो । त्यस्तै बारागढी गाउँपालिका मा वडा नम्बर ४ का वडा सदस्य शपन्नालाल साहको उपस्थितिमा वितरण गरिएको थियो भने बाकी स्थानहरुमा सामुदायिक सुरक्षा जालो का महिला सदस्यहरुको हात बाट वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.