Ultimate magazine theme for WordPress.

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

74

सर्लाही, १८ मंसिर / इलाका प्रहरी कार्यालय बरहथवाले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशन्कर यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नम्बर २ मानपुर बस्ने राम प्रगास सहनीको २३ बर्सिय छोरा दिलिप सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनीलाई पक्राउ गरि अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहट पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.