Ultimate magazine theme for WordPress.

उपाध्याय शारदा देवी पुस्तकालय एवम विश्रामालयको शिलान्यास सम्पन्न

116

पर्सा, १८ मंसिर / पर्सा जिल्लाको छिपहरमाइ गाउपालिका वडा नम्बर ३ मिर्जापुर स्थित उपाध्याय शारदा देवी पुस्तकालय एवम विश्रामाअलयको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । मिर्जापूरमा एक कार्यक्रमका बिच उपाध्याय शारदा देवी पुस्तकालय एवम विश्रामाअलयको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
शिलान्यास कार्यक्रममा आयोजक नुतन उपाध्यायले उपाध्याय शारदा देवी पुस्तकालय एवम विश्रामाअलय निशुल्क भावनाले आफ्नो निजि लगानीमा खोल्ने बताएका छन । स्थानीयवासी युवा तथा बिद्यार्थीलाई सहज वतावरण प्रदान गर्न सकिने सोचले पुस्तकालय एवम विश्रामाअलय निर्माणको कार्य थालनी गर्न थालिएको बताए ।
शनिवार भएको उक्त कार्यक्रममा आयोजक नुतन उपाध्यायले शारदा बेद बैदाङ्ग गुरूकुल शिक्षण संस्थान सन्चालन रहेको बताए । उहाले आफ्नै निजि जग्गामा पुस्तकालय खोल्न लागेको बताए । आयोजक उपाध्यायले यति मात्र नभइ ज्ञान कुन्ज हनुमान अराधना मन्डल समेत बिरगंज महानगरपालिका वडा नम्बर १४ रानिघाटमा निशुल्क सेवा दिदै आएको बताए ।
अगामी दिनमा निर्माण हुन लागेको पुस्तकालय एवम विश्रामालयमा स्थानीय युवा तथा अगुवाहरूको सहयोग हुने बिश्वास समेत लिएको आयोजक नुतन उपाध्यायले बताउनु भयो । उहाले उक्त कार्यले स्थानीय बिद्यार्थीहरूलाई अध्यण गर्न सहज हुने भएकोले पुस्तकालय एवम विश्रामालय निर्माण गर्न लागेको बताए ।

Leave A Reply

Your email address will not be published.