Ultimate magazine theme for WordPress.

ट्राफिक प्रहरीमा पुन: टेन्डर प्रक्रिया, जिल्लादेखी माथिल्लो निकायसम्म मालामाल

248

पर्सा, १८ मंसिर / ट्राफिक प्रहरीमा रूकेको टेन्डर प्रक्रिया पुन: सुचारू हुदा जिल्लादेखी माथिल्लो निकायसम्मका प्रमुखहरू मालामाल हुन थालेको खबर प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहात रहेका ट्राफिक प्रहरी बिटहरूमा टेन्डर प्रक्रिया सुचारू हुनसाथ जिल्ला ट्राफिक प्रमुखदेखी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख समेत मालामाल हुने गरेको तथ्य बाहिरिएको हो ।
पर्साको ड्राइपोर्ट, परवानीपुर लगायत विभिन्न स्थानहरूमा ट्राफिकले गरिरहेको चेकजाचको बहानामा कमाइ धन्दाका कारण यस्तो रहस्य बाहिरिन थालेको छ । बिरगंजको ड्राइपोर्टमा कार्यरत ट्राफिक प्रहरी नायब निरीक्षक कमल मिश्र र परवानिपुरका प्रमुख प्रहरी नायब निरीक्षक रमेश सुवेदीको गोरख धन्दाका कारण यस्तो रहस्यहरू बाहिरिन थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले आफ्नो फुलीको फाइदा उठाउदै जिल्लाको विभिन्न ठाउहरूमा टेन्डर प्रक्रिया झै कर्मचारी पठाइएको प्रकाशमा आएको छ । ड्राइपोर्ट र परवानिपुरका साथ साथै नारायणी यातायात कार्यालयमा समेत टेन्डर प्रकृया झै ट्राफिक प्रहरी सहायक निरीक्षक तारा खत्रीलाई पठाइएको छ । नारायणी यातायात कार्यालयको ट्रयाल सेन्टरमा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक खत्रीले जिल्लाको साथ साथै प्रदेश ट्राफिक कार्यालयमा समेत पहुच भएकै कारण पठाइएको बताइन्छ ।
ट्रयाल सेन्टरमा कार्यरत खत्रीले बिचौलियाको माध्यमले रकमको भाग बन्डा गर्ने गरेको एक बिचौलियाले नै नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन । उनका अनुसार नारायणी यातायातका केही कर्मचारी र बिचौलियाको साटघाटमा रकम लिने गरेको र उक्त रकमको बाडफाड जिल्लादेखी प्रदेश प्रहरीमा जाने गरेको बताए ।
ठिक त्यस्तै आइसिपीबाट निस्केको सवारी साधनलाइ विभिन्न किसिमको चेकजाँचको बहानामा ट्राफिक प्रहरीले लुटने गरेको एक ट्यान्कर चालकले बताउछन । उनका अनुसार आइसिपी हुँदै नेपाल प्रवेश गर्दा बहुअरी चौक र परवानिपुरमा विभिन्न बहानामा रकम लूटने गरेको आरोप लगाए । आइसिपी हुँदै नेपाल आयात हुने मालबाहक सवारी साधनलाइ रोकि चेकजाचको नाममा फाइन काटने गरेको कारण बाध्यतावस मासिकको रूपमै ट्राफिक प्रहरीलाई बुझाउनु परेको एक अर्का ट्रक चालकले बताए ।
ट्राफिक प्रहरीको गोरख धन्दाको बिषयमा पटक पटक जिल्ला ट्राफिक कार्यालय पर्सका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की सङ्ग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेन्न । आखिर यस्ता भ्रष्ट कर्मचारीलाई संगठनले नै ढाकछोप गर्ने गरेको हो कि भन्ने प्रश्णको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.