Ultimate magazine theme for WordPress.

बाराको बिभिन्न नाकाहरुबाट तस्करी कार्य तिब्र, सम्बन्धीत निकाय मौन

188

बारा, ३ असोज / बाराको बिभिन्न नाका हुदै तस्करी कार्य तिब्र भएपनि सम्बन्धीत निकायको मौनताले ठुलो प्रश्ण चिन्ह खडा भएको छ । जिल्ला प्रहरी कार्यालय बारा लगायत सीमामा खटिएका प्रहरीहरुलाई मासिक नजराना बुझाए पश्चात बाराको बिभिन्न नाकाबाट तस्करीको लाइन सुचारु भएको हो ।
बाराको बलिरामपुर, मुसहर्वा, छतवा, मटीअर्वा, बसतपुर, आमवा, कवहीगोठ, पिपरपाती, सिम्रौणगढ लगायतको ठाउहरुबाट तस्करीको लाइन सुचारु भएको छ । हिन्दुहरुको महान चाडपर्बको रुपमा मनाइने दशैं नजिकदै गरेको समयमा प्रहरीको मिलोमतोमा कपडा, पटका, भैसी, रांगा, कस्मेटीक समाग्रीहरुको तस्करी कार्य तिब्र रुपले अगाडी बढेको हो ।
सीमा नाकाबाट तस्करी हुनु स्थानीय प्रहरी चौकीदेखी लिएर जिल्ला प्रहरी कार्यालयमा समेत रकम दिए पश्चात तस्करीको लाइन सुचारु हुन्छ । सीमा नाकाहरुबाट हुने गरेको तस्करी वापत मासिक १० लाख रुपैया जिल्ला प्रहरीको नाममा उठेको प्रहरी श्रोतले बताएका छन । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ठकुरीकै निर्देशनमा तस्करीको लाइन सुचारु भएको बताइन्छ ।
बिगत लामो समयसम्म रोकिएको तस्करीको लाइन सुचारु हुनुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा सुचारु हुन सक्नेमा दुईमत छैन । सीमा नाकाहरुबाट तस्करी सुचारु गर्नको निम्ति जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणबाट घुमुवा खटाइन्छ र घुमुवाकै माध्यमले असुली धन्दा गर्नुको साथै स्थानीय चौकीहरुलाई निर्देशन समेत दिइन्छ । करिब ४ बर्षदेखी बन्द रहेको गाई तस्करी समेत जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखकै निर्देशनमा सुचारु भएको बुझिन्छ ।
यस्तो तरिकाको तस्करी खुलाउन मात्र जिल्लाभरी रकम बाडफाड नभई माथिल्लो निकायमा समेत रकम पुग्ने गरेको श्रोतको दावी रहेको छ । श्रोतका अनुसार आ—आफ्नो माध्यमबाट माथिल्लो निकायमा समेत भेटी चढाउने गरेको बताए । बाराको सीमा नाकाबाट यस्तो खुल्याम तरिकाले तस्करी गराउने निकायहरु माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.