Ultimate magazine theme for WordPress.

नमुना गाउपालिकाको रुपमा चिनिने छिपहरमाईमा स्थानीय तहको ब्रम्हलुट (फोटो फिचर सहित)

160

उमेश दुबे
पर्सा, ५ असोज ÷ पर्सा जिल्लाको नमुना गाउपालिकाको रुपमा चिनिने छिपहरमाइ गाउपालिकामा स्थानीय तहले ब्रम्हलुट मचाएपनि सम्बन्धित निकाय मुखदर्शक बन्न पुगेको छ । छिपहरमाई गाउपालिकाको बिकास मात्र कागजी प्रकृयामा हुने गरेको स्थानीयहरुको ठहर रहेको हो ।

छिपहरमाई गाउपालिका वडा नम्बर १ मिर्जापुर—झलवैया सडक खण्डमा रहेको बजारको पूलमा बर्षेनी तिन पटक बजेट आउने गरेको र कागजी प्रकृयामा मात्र सम्पन्न हुने गरेको स्थानीयहरुको आरोप रहेको छ । स्थानीयका अनुसार छिपहरमाइ गाउपालिकाका प्रमुख मनोज गुप्ताले उक्त पुलको निर्माण सम्बन्धी केही चासो नै नदेखाएको कारण निर्माण हुन नसकेको आरोप लगाए । स्थानीय तहको चुनावमा मत दिएर जिताएपनि मेयर गुप्ताले हालसम्म बजार पुल निर्माणको बिषयमा केही चासो नदेखाएको स्थानीयवासीहरुले बताएका छन ।

स्थानीय तहको चुनाव नजिकदै जादा समाजिक संजालको माध्यमले बिकास निर्माणमा नमुना गाउपालिकाको रुपमा बताइएपनि वास्तविकता चाहि अर्कै रहेको स्थानीयको ठहर रहेको छ । स्थानीय चुनावको करिब ४ बर्षमापनि बजार पुलको निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती खेप्दै आउनु परेको हो । बर्षायामको समयमा उक्त पुल निर्माण नहुदा दर्जनौ गाउहरुका स्थानीयवासीहरु मारमा पर्ने गरेको बताइन्छ । उक्त क्षेत्रमा पर्ने मिर्जापुर, झलवैया, टिहुकी, भिष्वा, बन्जारी, चेरगहा लगायत दर्जनौ गाउका स्थानीयहरु, सोही सडक प्रयोग गरेर ओहर दोहर गर्ने गरेको भएपनि हालसम्म पुल निर्माण हुन नसक्नु बिडम्बनाको बिषय बनेको छ ।

स्थानीय एक बृद्धका अनुसार पुल त पुल सडक समेत निर्माण हुन नसकेको बताए । छिपहरमाई गाउपालिका वडा नम्बर १ मा रहेको उक्त बजारको पुल निर्माणको निम्ति एक बर्षमा तिन तिन पटक बजेट आएपनि निर्माण हुन नसकेको आरोप लगाए । उनका अनुसार स्थानीय तहको चुनाव सम्पन्न भए पश्चात मेयर मनोज गुप्ता कति खेर गाउमा आउने र कति खेर जाने गरेको बिषयमा आफु अनभिज्ञ रहेको बताए । उहाले मेयर आफ्नो नजिकको आसेपासेहरु संग भेटने र जाने गरेको समेत उल्लेख गरे । तर बिकास निर्माणको सम्बन्धमा मेयर गुप्ताले केही चासो नदेखाएकै कारण सडक र पुलको हालत यस्तो हुन पुगेको बताए । मोटरसाइकल नचल्ने ठाउमा अकास्मिक सेवा मानिएको बाहन पनि मिर्जापुर झलवैयामा आउन नसक्ने गरेको कारण स्थानीयवासीहरुलाई झन पिडा थपिएको बताउनु भयो ।

यता यस बिषयमा छिपहरमाई गाउपालिकाका अध्यक्ष मनोज गुप्ता संग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेन्न । बिगत एक बर्ष अगाडी मेयर मनोज गुप्ता उक्त बजारको पुल निर्माण गर्न स्थानीयवासीहरु संग वाचा गरेका थिए । तर मात्र कागजी प्रकृयामा पुरा भएको पुलको बिषयमा स्थलगत समाचार संकलन गर्दा पुल निर्माणको कार्य समेत सुचारु नभएको देखिन्छ । तसर्थ यस्तो भ्रष्टाचार हुने ठाउहरुमा सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.