Ultimate magazine theme for WordPress.

प्रहरीले पक्राउ गरिएको मोबाइल, प्रहरी भित्रै बाडफाड

512

उमेश दुबे
बारा, २५ श्रावण / बारा जिल्लाको प्रहरी चौकी बलिरामपुरबाट खटिएको प्रहरी टोलिले चोरी निकासी गरेको ५ वटा मोबाइल पक्राउ गरेपनी आफैमा बाडफाड गरिएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार गत शुक्रबार साझ भारतबाट नेपाल आउदै गरेको ४ जना नबालकलाइ प्रहरीले रोकि चेकजाच गर्दा ५ वटा मोबाइल बरामद गरेपनी जिल्ला प्रहरी कार्यालयमा खबर नै नगरी आफैमा बाडफाड गरेका हुन ।
भारतबाट अबैध रूपमा आयात भएको मोबाइलको १३ वटा खोल र ५ वटा मोबाइल बरामद गरेपनी प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले आफ्नै मातहात खटिने प्रहरीहरूमा बाडफाड गरिएको प्रहरी श्रोतले नै जनाएको छ । माथिल्लो निकायको आशिर्वादले प्रहरी हवलदार ननु महतो प्रहरी चौकी बलिरामपुरमा गएपछी कमान्डरलाइ नै आफ्नो मुट्ठीमा राखी काम कारवाही गरिने गरेको श्रोतको दाबी रहेको छ ।
यता स्थानीयले जनाए अनुसार प्रहरी चौकी बलिरामपुरमा प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेल आएदेखीनै तस्करीको समानलाइ सक्टिङ्ग समेत गर्ने गरेको बताए । सीमा नाका हुँदै आयात निर्यात हुने मालसमानबाट रकम असुलि गरि आफ्नो मनमौजी तरिकाले छोडने गरेको स्थानीयले दुखेसो पोखे । पक्राउ गरिएको मालसमान जिल्ला प्रहरी कार्यालयमा बुझाउनु पर्ने हो तर एकलौटी रूपमा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीको आदेशलाइ धज्जी उडाउदै काम कारवाही गरिरहेको स्थानीयले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले यस बिषयमा आफुलाइ कसैले पनि जानकारी नगराएको र यस बिषयमा बुझ्ने बताउनु भयो । उहाले पक्राउ गरिएको २ दिन भइसक्दा पनि आफुलाइ केही जानकारी नगराएको र त्यसो भएको भए कारवाही समेत गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.