Ultimate magazine theme for WordPress.

क्राइम टोलिको सक्रियताले अपराधीदेखि भ्रष्ट प्रहरीहरूमा समेत त्रास

1,141

पर्सा, २४ श्रावण / जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलि इन्चार्ज प्रहरी निरीक्षक रबिभुषण यादवको निर्देशन हुनसाथ जिल्लाको विभिन्न ठाउहरूबाट धमाधम अपराधी क्रियाकलापमा सन्लगनहरूलाई पक्राउ गरिन थालिएको छ । क्राइम टोलिका प्रमुख प्रहरी निरीक्षक यादव आफ्नो टोलि समेत गल्ती गरे कारवाही गरिनबाट पछि नहटने जनाउदै, अपराधी क्रियाकलाप गर्नेहरूलाइ नछोडने बताउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गङ्गा पन्त आउनसाथ क्राइम टोलिले पर्सा जिल्लामा अहम भुमिका समेत खेलेको पछिल्लो तथ्यांक पुष्टि भइसकेको छ । नेपाल र भारतको सीमा नाकाको साथ साथै ग्रामीण तथा शहरी भेगमा समेत क्राइम टोलिको सक्रियताले अपराधी क्रियाकलापमा समेत कमि आएको छ ।
यता केही दिनदेखी क्राइम टोलिको नाममा आर्थिक चलखेल गरि क्राइम टोलिको नाम बदनाम गर्न खोज्ने प्रहरीलाई समेत कारवाही गरिने प्रहरी निरीक्षक रबिभुषण यादवले जानकारी दिनुभयो । उहाले प्रहरी उपरीक्षक गङ्गा पन्तले दिएको निर्देशन अनुसार आफुहरूले निगरानी बढाउनुको साथ साथै अपराधमा सन्लग्न अपराधीलाई धमाधम पक्राउ गर्ने बेला आफ्नो नाम बदनाम गर्न खोज्ने प्रहरीलाई कारवाही गरिने बताउनु भयो ।
नेपाल र भारतको सीमा नाका हुँदै हुने अबैध कारोबार क्राइम टोलिको सक्रियताले ठप्प बनेको छ । खुल्ला सीमा नाका भएको कारण केही मात्रामा स-साना कारोबारी सफल भएपनी उक्त क्षेत्रमा पर्ने प्रहरी चौकी कमान्डरलाइ कारवाही समेत गरिएको पर्सा प्रहरी श्रोतले जनाएको छ । क्राइम टोलिको सक्रियताले अपराध गर्ने अपराधीदेखि भ्रष्ट प्रहरीहरूमा समेत त्रासको माहोल बनेको छ ।

Leave A Reply

Your email address will not be published.