Ultimate magazine theme for WordPress.

सीमा क्षेत्रमा निगरानी बढाउन डिआइजी ब्रम्हचार्यको निर्देशन, ५ किलोग्राम लागू औषध गाजा सहित साह पक्राउ

393

उमेश दुबे
बारा, २९ श्रावण / बाराको सीमा नाका हुँदै भारततर्फ गइरहेको सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपालले लागू औषध गाजा सहित एक जना नेपाली नागरिकलाइ पक्राउ गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले पिपरपाती नजिकैबाट लागू औषध गाजा सहित पक्राउ गर्न सफल भएको हो ।
सूचना आउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले आज बिहान करीब ५ बजेर ३० मिनेटको समयमा भारततर्फ लागू औषध गाजा लगिरहेकै अवस्थामा गाजा सहित तस्करलाइ पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली बस्ने नागिन्द्र साहको ३५ वर्षिय छोरा अर्जुन साह रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीमा आउनु भएका डिआइजी कृष्णभक्त ब्रम्हचार्यले नेपाल र भारतको सीमा नाकाहरूमा निगरानी बढाउन निर्देशन दिनु भएको छ । निर्देशन आउनसाथ प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरूमा सशस्त्र प्रहरीले सीमा नाकाहरूमा निगरानी बढाएका छन । पर्सा, बारा, रौतहट, सर्लाही लगायत ८ वटै जिल्लाहरूमा सशस्त्र प्रहरीले निगरानी बढाएका कारण धमाधम मालसमान पक्राउ हुन थालिएको छ ।

Leave A Reply

Your email address will not be published.