Ultimate magazine theme for WordPress.

स्कवाड टोलिको नाममा घुमुवाको तान्डव, डिआइजी गौतमको नाममा मासिक करोडौको धन्दा

326

पर्सा, ५ चैत्र / सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल संगठनकै आदेशमा खटिएका सशस्त्र प्रहरीको स्कवाड टोलिको नाममा चन्दा आतन्क सुरू भएको छ । प्रदेश नम्बर २ को विभिन्न जिल्ला लगायत मुलुकको आर्थिक नगरी भनेर चिनिने बिरगंज नाका लगायत पर्साको ग्रामीण भेगहरूबाट स्क्वाड टोलिको नाममा चान्दा आतन्क मचाएको बुझिन्छ ।
सशस्त्र प्रहरी गण नम्बर १३ पर्साबाट खटिएको स्कवाड टोलिले डिआइजी चन्द्र प्रकाश गौतमको आदेशमा सीमा नाकाहरूबाट व्यापक रूपमा तस्करीको रकम उठाइएको बताइन्छ । आर्थिक नगरी भनेर चिनिने बिरगंज भन्सार अगाडीबाटै ट्रककै माध्यमले कपडाको तस्करी हुने गरेपनि मोटो रकमको नजराना बुझे पश्चात मौन बसेका छन । पर्सा जिल्लाको साथ साथै बाराको सिम्रौणगढ, रौतहटको गौर, सर्लाहीको मलङ्गवा, बलरा, महोतरीको जलेश्वर, धनुषाको खजुरी लगायतको ठाउहरूबाट तस्करी बापत मासिक १ करोड भन्दा बढी रकम उठाएको प्रहरी श्रोतले जनाएको छ ।
त्यस्तै पर्सा जिल्लाको भिस्वा, बन्जारी, सबैठवा, बिरगंज भन्सार लगायतको ठाउहरूबाट मासिक रूपमा ४० लाख रूपैया डिआइजी चन्द्र प्रकाश गौतमको नाममा उठेको तस्कर श्रोतले जनाएका छन । श्रोतले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा ट्रकमै सेटिङ्गको कारोबार गर्नको निम्ति मासिक १० लाख बुझेको बताएका छन । स्क्वाड टोलिको नाममा खटिएका सशस्त्र प्रहरी जवान बिनोद यादव, सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल लगायतको ५ जनाको टोलि सादा पोशाकमा खटने र डिआइजीको नाममा रकम असुली गर्ने गरेको बताइन्छ ।
यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्रप्रकाश गौतमले संगठनकै धज्जी उडाउदै आफ्नो स्वार्थको निम्ति सादा पोशाकमा प्रहरी परिचालन गरेको रहस्य खुलेको छ । सादा पोशाकमा खटिएका प्रहरीहरू एक जना सर्वसाधारणको घरमा रातीको समयमा प्रवेश गरेको आरोपमा स्थानीयले रामधुलाइ गरे पश्चात् यस्तो रहस्य खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले संगठन भित्र रहेका कुनै पनि कर्मचारी सादा पोशाकमा नखटने र खटाउने प्रहरी कमान्डरलाई कारवाही गर्ने बताएपनी आइजिपी शैलेन्द्र खनालको आदेशलाई धज्जी उडाउदै डिआइजी चन्द्रप्रकाश गौतमले सादा पोशाकमा टोलि परिचालन गरेको प्रमानित समेत भएको छ । गृहमन्त्री बादलको धाक लगाउदै आइजिपी शैलेन्द्र खनालले केही गर्न नसक्ने आट राख्दै तस्करीको साथ साथै सीमा नाकामा रकमी चान्दा आतन्क मचाएको प्रष्ट हुन्छ । तसर्थ : वर्दीको आडमा रकमी चान्दा आतन्क मचाउने डिआइजी चन्द्र प्रकाश गौतम माथी संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.