Ultimate magazine theme for WordPress.

सेस्मी ईन्टरनेशनल स्कुलमा क्रिसमसको शुभकामना आदान प्रदान

152

वीरगंज / पुष ९,
सेस्मी इन्टरनेशनल स्कूल वीरगंजमा आज क्रिसमसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । सेस्मी ईन्टरनेशनल स्कुलकी प्रधानाध्यापक आश्मा सिंह यादवको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि राजपा नेपालकी केन्द्रीय सदस्य रम्भा मिश्रा, विशिष्ट अतिथि संगिता दास, वडा नम्बर ३ की वडासमिति सदस्य बकरूण नेशा, विद्यालयका शिक्षक शिक्षिकाहरू, अभिभावक लगायत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सेस्मी ईन्टरनेशनल स्कुल कक्षा १० मा अध्ययनरत मेहर यादवले गरेकी थिईन । शुभकामना आदान प्रदान कार्यक्रममा स्कुलका विद्यार्थीहरूले क्रिसमसको झाँकी सहितका विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.