Ultimate magazine theme for WordPress.

लागु औषध चरेस सहित भारतीय नागरिक बारा प्रहरीको नियन्त्रणमा

160

उमेश दुबे
बारा, ०२ पौष / लागू औषध ८ किलो ५ सयग्राम चरेस सहित एक जना भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो करीब १ बजेको समयमा कलैया उप-महानगरपालिका वडा नम्बर ६ बाट लागू औषध चरेस सहित भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको अधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने भजु महतो कुशवाहाको ४० बर्सिय छोरा गुलाबी प्रसाद कुशवाहा रहेको बारा प्रहरीले जनाएको हो । पिठ्युमा बोक्ने कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ किलो ५०० ग्राम (९ पाकेट) अवैध लागु औषध (चरेश) बरामद भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.