Ultimate magazine theme for WordPress.

सीमा नाका सुरक्षाकर्मीहरुको लागि कमाई खाने थल्लोेको रुपमा रुपान्तरण

228

उमेश दुबे
पर्सा, ६ कात्तिक / हिन्दुहरुको महान चाड तिहार तथा छठ पर्बको मौकामा सुरक्षाकर्मीहरुकै मिलोमतोमा व्यापक रुपमा तस्करीको लाइन खुलेको पाइन्छ । मधेस प्रदेशको बिभिन्न नाका हुदै सुरक्षाकर्मीहरुकै मिलोेमतोमा तस्करीको लाइन खुलेको पाइएको हो ।
मधेस प्रदेशको मात्रै नभई मुलुककै आर्थिक नगरीको रुपमा मानिने पर्सा जिल्लाका साथ साथै बारा, रौतहट, सर्लाही लगायतका ठाउहरुबाट तस्करीको लाइन खुलेको छ । केही दिनदेखी मात्रै बन्द रहेको तस्करीको लाइन पुनः सुरक्षाकर्मीहरुकै मिलोेमतोमा खुलेको पाइन्छ । मुलुकको राजस्व र शान्ति सुरक्षामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा सीमा नाका हुदै आयात भएको मालसमान सजिलै मुलुकको राजधानी काठमाण्डौसम्म पुग्ने गरेको पाइन्छ ।
सुरक्षाकर्मीहरुको ग्रिन सिग्नलले ठुला वडा तस्करहरु पुनः सलबलाएका छन । तस्करहरु सलबलाउनुमा समेत सुरक्षाकर्मीहरुको अहम भुमिका हुने गरेको समेत पाइन्छ । संगठन प्र्रति इमान्दार रहेको प्रहरी अधिकृतहरुको ब्याख्यालाई समेत हालको तस्करी कार्यले प्रष्टयाएको छ । केही रकमको लोभ र लालचमा फस्दै गएको सुरक्षाकर्मीहरुको संगठन प्रति राष्ट्र पनि उदासिन रहेको देखिन्छ । जिल्लामा आग्मन हुने प्रहरी प्रमुखहरु आफ्नो इमान्दारीताको ढोंग मिडियामा रचने गरेका हुन्छन । तर खासमा मधेस प्रदेशको जिल्लाहरुमा आउनु अगाडी नै बार्गेनिङ गरेर आग्मन हुने गरेको संगठन कै एक उच्च अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा यस अनलाइनलाई जानकारी दिए ।
मधेस प्रदेशको जिल्लाहरु खास प्रहरीहरुको लागि कमाउने थल्लोेको रुपमा मानिन्छ । नेपाल र भारतको सीमाबाट जोडिने मधेस प्रदेशको नाकाबाट तस्करीको लाइन खोलेर जघन्य आम्दानी गर्न सकिने सोचकै कारण मधेस प्रदेशको जिल्लाहरुमा प्रमुखहरुको आग्मन हुने गरिन्छ । जिल्ला प्रहरी प्रमुखहरुको आग्मन भएको एक हप्ता नबितिदै ठुला वडा तस्करका नाइकेहरु संग मेलमिलाप गरेर तस्करीको लाइन खोेलिने गरिन्छ । नुनदेखी सुनसम्मको तस्करी हुने ठाउहरुमा प्रहरी उदासिन भएरै काम गरेको बिषयमा बिभिन्न मिडियाहरुमा समाचार सजिलै पढ्न पाइन्छ । तर माथिल्लो निकायले केही कारवाही नै नगरी सजिलै आफ््नो बार्गेनिङको मोल नै बढाउनमा तल्लीन रहेको घटनाहरु बेला कुबेला उजागर हुने गरेको हुन्छ । तरपनि गृहमन्त्री पदमा आशिन रहेका बालकृष्ण खाडको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.