Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी उपरीक्षकले खटाए पुनः घुमुवा, बाराको सीमा नाकाबाट फस्टायो तस्करी

674

बारा, १६ जेष्ठ / बाराको सीमा नाकाबाट तस्करी फस्टाउनुमा सशस्त्र प्रहरीकै हात हुने गरेको एक घटनाले प्रमाणित गरेको छ । बिगत लामो समयदेखि बाराको सीमा नाकाबाट बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरी उपरीक्षककै ग्रिन सिग्नल पश्चात सुचारु भएको पाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजीपि राजु अर्यालले संगठन भित्र कुनै किसिमको घुमुवा परिचालन नगरेको दावी गरिरहेकै बेला सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट घुमुवा टोली नै परिचालन भएको पाइन्छ । आफ्नै संगठनको आदेशलाई धज्जि मात्र नभई लत्याउदै सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डांगीले तिन जनाको संख्यामा घुमुवा नै परिचालन गरेको पाइन्छ । घुमुवाहरुको चहलपहल मात्र सुरु भएको छैन, घुमुवाको माध्यमले ठुला वडा तस्करहरु संग मासिक लाखौ रुपैया समेत बुझने गरेकै कारण तस्कर गिरोह पुनः सीमा नाकामा सल्बलाएका छन ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट तिन जनाको समुहमा घुमुवा परिचालन भएका छन । सशस्त्र प्रहरी सहायक निरीक्षक अरुण नकर्मी, सशस्त्र प्रहरी जवान रंजित गुप्ता, सशस्त्र प्रहरी हवलदार प्रमोद कुश्वाहा लगायतको टोलीलाई सादा पोशाकमै टोली परिचालन गरेको पाइन्छ । सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डांगीलाई न त कुनै माथिल्लो निकायको आदेश नै चाहियो, न त कुनै संगठन प्रमुखको आदेश नै भन्ने कुरालाई घुमुवा खटाउने कार्यले प्रमाणित समेत गरेको पाइन्छ ।
यति मात्र नभई बाराको मटीअर्वा नाकादेखि बलिरामपुर नाकासम्म रकम असुल गर्नको निम्ति सादा पोशाकमा सशस्त्र प्रहरी जवान सुवाष यादवलाई परिचालन गरिएको छ भने तिन जनाको समुहलाई मटीअर्वादेखि सिम्रौणगढ कचोर्वा नाकासम्म परिचालन गरिएको स्थानीय प्रहरीहरु नै बताएका छन । हाल बाराको सिम्रौणगढ, दक्षिण झिटकैया, पिपरपाति, झरोखर, बैरिया लगायतका ठाउहरुबाट ठुला वडा तस्करीको लाइन सुचारु भएको पाइन्छ ।
दक्षिण झिटकैयाबाट मुक्ति यादव नामक तस्कर गिरोह सकृय रहेका छन भने सिम्रौणगढ नाकाबाट दिपक, भोला, सनि, बिजय र मास्टर जि भनिने ठुलो बडा तस्कर गिरोहको अवैध कारोवार सुचारु रहेको छ । पिपरपाति नाकाबाट अरबिन्द र झरोखर नाकाबाट सन्दिप भनिने तस्कर गिरोह सकृय रहेका छन । उनिहरुको काम अवैध मालसमान ओसार पोसार गर्नुको साथै सशस्त्र प्रहरीका माथिल्लो निकायसम्म भागबन्डा पुरयाउने गरेको बुझिन्छ ।
सीमा नाका सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले नै आर्थिक भागबन्डामा तस्करीको लाइन सुचारु गराएकै कारण देशको अर्थतन्त्र धरापमा परेको बारे पनि यस घटनाले पुष्टि गर्दछ । तसर्थ ः यस्ता भ्रष्ट सशस्त्र प्रहरी उपरीक्षकका साथै सादा पोशाकमा खटिने घुमुवा प्रहरीलाई समयमै लगाम नलगाए मुलुक कंगाल हुनुमा सशस्त्र प्रहरीको ठुलो हात हुन सक्ने बताइन्छ ।

Leave A Reply

Your email address will not be published.