Ultimate magazine theme for WordPress.

संविधान संशोधनको प्रस्ताव अपूर्णः यादव

59

कपिलवस्तु २ पुस । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘प्रचण्ड’ सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताएका छन् ।

कपिलवस्तुको पकडीमा आज आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने बताए ।

समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने र परिवर्तन विरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी भएको आरोप लगाए ।

 

Leave A Reply

Your email address will not be published.