Ultimate magazine theme for WordPress.

वीरगंज बसपार्क यौन धन्दाको हब बन्दै (भिडियो सहित)

970

पर्सा, १० असोज ÷ प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाको बस पार्क क्षेत्र यौन धन्दाको हबमा परिणत हुदै गएको छ । स्थानीय प्रहरी चौकी बसपार्कको फितलो काम कारवाहीका कारण बसपार्क क्षेत्र यौन धन्दाको हब बन्दै गएको हो ।
रातिको ८ बजे पश्चात बसपार्कको मुख्य सडकको रुपमा मानिएको वाइपास सडकमा तेश्रो लिंगीका साथ साथै केही युवतिको समुहहरुले खुलम खुल्ला यौन धन्दामा संलग्न रहेको एक दृष्यबाट प्रमाणित हुन्छ । सडक पेटीमा मात्र नभई बसपार्कको बिभिन्न होटलहरुमा समेत यौन धन्दाको कार्य फस्टाएको स्थानीयवासीहरुको गुनासो रहेको छ । स्थानीयहरुका अनुसार स्थानीय प्रहरी प्रशासन मासिक रकम बुझेकै कारण यस्तो देह व्यपारको बिगबिगी बढेको बताएका छन ।
बिगत केही महिना अगाडी जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले देह व्यपार न्यूनिकरणको निम्ति अभियान नै चलाएको अर्का स्थानीयले बताए । तर केही महिना नबितिदै बस पार्क क्षेत्रमा खुलम खुल्ला देह व्यापार बढेको भन्दै यस अनलाई समक्ष गुनासो पोखे । खबर पाउनसाथ रातिको १० बजेको समयमा यस अनलाईनबाट समाचार संकलन गर्नको निम्ति पत्रकारको टोली उक्त क्षेत्रमा पुगेका थिए । उक्त क्षेत्रमा भइरहेको गतिविधिको दृष्य केमरामा कैद गर्न समेत सफल भएका थिए ।
सडक पेटीमा मात्र नभई बसपार्कको बिभिन्न होटलहरुमा समेत यौन धन्दाको कार्य सुरु भएको स्थानीयहरुको आरोप रहेको छ । जसका कारण बसपार्क क्षेत्रमा रहेका सर्वसधारणहरुलाई समेत सास्ती खेप्नु परेको गुनासो गरेका थिए । यस बिषयमा स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको ध्यान जान अति अवाश्यक देखिने स्थानीयहरुको भनाइ रहेको थियो ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।

Leave A Reply

Your email address will not be published.