Ultimate magazine theme for WordPress.

वीरगंजको गहवा माई मन्दिरमा भक्तजनको भिड

1,012

उमेश दुबे
पर्सा, १६ आश्विन ÷ पर्सा जिल्लाको ऐतिहासिक गहवा माई मन्दिरमा भक्तजनको भिड बढेको छ । हिन्दुहरुको महान पर्ब दशैको अवसरमा गहवा माई मन्दिरमा भक्तजनको भिड बढेको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर ०६ स्थित स्थापना गरिएको गहवा माई मन्दिरमा भक्तजनको भिड बढेको छ । हिन्दु परम्परा अन्तर्गत दशै तिहारमा दुर्गा मातालाई पूजा आजा गरे पश्चात आफ्नो मनोकामना पूरा हुने बिश्वास भक्तजनले गर्ने गर्दछन । दशै शुरु हुनु संगै गहवा माई मन्दिरमा बिभिन्न ठाउहरुबाट भक्तजनहरु दर्शन गर्न आउन थालेका छन् । हिन्दुहरुको महान पर्वको रुपमा मानिने दशै पर्वमा वीरगंज स्थित रहेको गहवा माई मन्दिरमा धुमधामका साथ पर्व मनाउने गरिन्छ । गहवा माई मन्दिरमा बारा, पर्सा, रौतहट लगायतको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु पूजा आजा गर्न आउने गर्दछन । असुर माथि माता दुर्गाले बिजय प्राप्त गरे पश्चात दशै मनाउने परम्परा चल्दै आएको छ । दशैमा महिला तथा पुरुष आफ्नो मनोकामना पूरा गर्नको निम्ति श्रद्धापूर्ण रुपले नव रात्री मनाउने गर्दछन । नव रात्री गर्ने महिला तथा पुरुष फल्हार गरी मात्र बस्ने गर्दछन ।
गहवा माई मन्दिरमा मा“ भगवतीको पूजा आजा हुने गरेको पुजारी बताउछन् । पूजा गरिदा लक्ष्मीको प्राप्ती हुने, वंश हुने, व्यापारमा लाभ हुने, मनोकामना पुरा हुने भक्तजनहरुको रहेको पुजारी बताउछन् । श्रद्धा र स्वच्छ मनले मा“ भागवतिको पूजा गरे मनोकामना पूरा हुने गहवा माई मन्दिरको पुजारी बताउछन् ।
यसपालिको दशैमा गहवा माई मन्दिरमा सुरक्षा व्यवस्था कडा पारिएको माइस्थान युवा क्लबले जनाएको छ । बर्षौदेखि गहवा माई मन्दिरको संरक्षण गर्दै आएको माइस्थान युवा क्लबले यसपालिको दशैमा गहवा मन्दिरको वरीपरी लगायत सबै ठाउहरुमा सिसि टिभि केमरा जडान गरिएको र सिसिटिभि केमराकै माध्यमले निगरानी गर्ने बताएको छ । माइस्थान युवा क्लबका सल्लाहकार दिपु गुप्ताले शान्ति सुरक्षालाई चुनौती दिदै बढेको चोरी निगरानीलाई समेत ध्यानमा राखी सिसि टिभि केमरा जडान गर्नुको साथै युवा क्लबले २५ जनाको ग्रुपमा क्लबका केटाहरुलाई परिचालन गरिएको बताए ।
गहवा माई मन्दिरको पूजा व्यवस्थापन समितिका संयोजक दिना प्रसाद गुप्ताले गहवा माई मन्दिरको दशै मेलामा कुनै अप्रिय घटना हुन नदिन प्रहरी संग सहकार्य गरेको बताए । प्रहरी र युवा क्लबको सहयोगमा शान्ति सुरक्षाको निम्ति प्रहरी परिचालन हुनुको साथै युवा क्लबको समेत सदस्यहरु ग्स्ति गर्ने बताए । प्रहरीको सहयोगले यसपालिको दशै मेला शान्ति र सुरक्षित तरिकाले सम्पन्न हुने बिश्वास लिएको संयोजक गुप्ताले बताउनु भयो ।
पर्सा जिल्लाको ऐतिहासिक मन्दिरको रुपमा मानिने गहवा माई मन्दिरको साथ साथै दशै मेलामा लाग्ने भिडको मध्य नजर गर्दै शान्ति सुरक्षाको लागि प्रहरी संग सहकार्य गरी व्यापक रुपमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.