Ultimate magazine theme for WordPress.

बारा प्रहरीको सक्रियताले ३४ लाख बराबरको कपडा बरामद

336

उमेश दुबे
बारा, २० आश्विन ÷ भारतबाट अवैध तरिकाले नेपाल भित्रयाई भण्डारण गरी राखेको अवस्थामा बारा प्रहरीले ३४ लाख बराबरको कपडा बरामद गरेको छ । बाराको सिम्रौणगढ नाका हु“दै अवैध तरिकाले नेपाल भित्रयाईएको कपडा बारा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलनको आयोजना गरी तस्करहरुले अवैध तरिकाले नेपाल भित्रयाइएको करिब ३३ लाख ९० हजार बराबरको कपडा बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक बिकासराज खनालले पत्रकार सम्मेलनमा भन्सार छलिका कपडा सहित ३ जनालाई नियन्त्रणमा लिएको बताएका छन् । भारतबाट अवैध तरिकाले नेपाल भित्रयाई गोदाममा राखिएको र अझ ५ वटा मोटरसाइकलमा नेपाल भित्रिएको बिशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भइएको प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिनुभयो ।
उहाले अवैध तरिकाले नेपाल भित्रयाइएको कपडा सहित ३ जना तस्कर र ५ वटा मोटरसाइकललाई समेत पक्राउ गरिएको बताउनु भयो । पक्राउ पर्नेमा बारा जिल्लाको आदर्शकोतवाल गाउपालिका वडा नम्बर ५ बस्ने गेनालाल राय यादवको ३४ बर्षिय छोरा रामरतन यादव, जयमंगल प्रसाद यादव र सोही निवासी हेमचन्द्र तिवारी पक्राउ परेका छन् । तस्कर संगठनहरुले प्रयोग गरेको बि.आर. ०५ एम २०३०, बि.आर ०५ ई ६७३५, बि.आर ०५ एफ ६७११, बि.आर ०५ एफ ८७५ र बा ५८ प २२३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो । नियन्त्रणमा लिएको कपडा, मोटरसाइकल र तस्करहरुलाई अवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीको सक्रियताले सीमा नाकाबाट हुने अवैध क्रियाकलापहरु बन्द हुनुको साथै अपराधी क्रियाकलापमा समेत कमि आएको बारावासीहरुको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक बिकासराज खनालको आग्मन संगै जिल्लामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । बारा जिल्लामा बढ्दै गइरहेको अपराधि क्रियाकलापको बेला जिल्ला प्रहरी कार्यालय बाराको कमाण्ड खनाल सम्भाल्नसाथ तस्कर संगठन लगायत अपराधी गतिविधि गर्ने गिरोहहरु पलायन भएको बुझिन्छ ।
यस अनलाइन संग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनालले कुनै किसिमको चोरी, तस्करी लगायत अपराधी क्रियाकलाप हुन नदिन सोचका साथ अगाडी बढेको र यसमा जिल्लावासीले सहयोग गर्ने बिश्वास लिएको बताउनु भयो । प्रहरीले मात्र चाहे केही सम्भव नहुने तर जिल्लावासीले सहयोग गरे अपराधी क्रियाकलाप लगायत अवैध क्रियाकलाप गर्नेहरुलाई तह लगाउनबाट पछि नहट्ने बताउनु भयो । हिन्दुहरुको महान पर्ब दशै, तिहार तथा छठ पर्बमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो । प्रहरीको सक्रियताले जिल्लावासी हर्षित भएका छन् ।

Leave A Reply

Your email address will not be published.