Ultimate magazine theme for WordPress.

लागू औषध गाजा सहित लामा पक्राउ

149

बारा, २७ पौष / बाराको सुखी पिपराबाट एक जना लागू औषध गाजा सहित पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खाटिएको स्कवाड टोलिले बाराको सुखी पिपराबाट लागू औषध गाजा सहित लामालाइ पक्राउ गरेको हो ।
बारागढी गाउपालिका वडा नम्बर ७ सुखी पिपरा निवासी जोखु चौधरीको घरमा लूकाइ राखेको अवस्थामा लागू औषध गाजा बरामद गर्नुको साथै लामालाइ पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिले घर खानतलासी गर्दा लागू औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
मकवानपुरको राक्सीराङ्ग गाउपालिका वडा नम्बर ६ निवासी मोतिलाल लामाको २१ बर्सिय छोरा प्रेम लामालाइ लागू औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । उहाले आज करीब साढे ३ बजेको समयमा लागू औषध सहित पक्राउ गरिएको लामालाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाउने तयारी गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.