Ultimate magazine theme for WordPress.

रातिको समयमा पर्साको सीमाबाट यसरी हुन्छ गिट्टी र बालुवाको तस्करी

816

उमेश दुबे
पर्सा, २९ पौष / पर्सा जिल्लाको ग्रामीण नाकाहरूबाट प्रहरीकै सहयोगमा गिट्टी र बालुवाको तस्करी तिब्र रूपले अगाडी बढेपनी माथिल्लो निकायको मौनता नै ठूलो रकमको चलखेल रहेको बुझिन्छ । जिल्ला हाक्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरूकै नामबाट रकम उठन थालेपछि सीमा हुँदै अबैध तरिकाले गिट्टी र बालुवा भारततर्फ निर्यात हुन थालिएको हो ।
नेपाल सरकारको माप दन्ड विपरीत सन्चालनमा रहेको क्रसर उधोग लगायत गिट्टी र बालुवा तस्करबाट रकम उठन थालेपछी रातिको समयमा सीमा नाकाबाट तस्करी कार्य फस्टाएको बुझिन्छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने अमरपट्टी, आसवारी, मिर्जापुर, जानकिटोला लगायतका ठाउहरूबाट गिट्टी र बालुवा तस्करी बढेको पाइएको हो ।
नेपाल र भारतको सीमा लगायत शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको नामले व्यापक रकम असुली हुनसाथ तस्करहरू हालको समयमा गिट्टी र बालुवा तस्करीतर्फ अग्रसर भएको बुझिन्छ । सीमा स्थित रहेका प्रहरी चौकी तथा बोर्डर आउट पोस्टहरूले तस्कर संगठनहरू सङ्ग प्रती ट्रयाक्टर ४ सय देखि ५ सय रूपैया बुझे पश्चात् भारततर्फ निर्यात गर्न दिएकोले सहजै भारतसम्म पुग्ने गरेको तस्कर श्रोतले जनाएको छ ।
तस्कर श्रोतले जनाए अनुसार स्थानिय प्रहरी चौकी र सशस्त्र क्याम्पका कमान्डरहरूले जिल्लाको समेत जिम्मेवारी लिएको कारण आफुहरू सहजै गिट्टी र बालुवाको तस्करी गर्न सफल भएको बताए । सीमा नजिकै रहेको गाउहरूमा गिट्टी र बालुवाको ट्रयाक्टर ल्याइ राख्ने गरेको र रातिको समयमा भारत लग्ने गरेको श्रोतले बताए । आफू सङ्ग रहेको दुई वटा ट्रयाक्टरमा काम गरेपनी आफू जस्तो करीब आधा दर्जन तस्करहरू मिर्जापुर हुँदै गिट्टी र बालुवाको तस्करी गरिरहेको बताए ।
रातिको समयमा तस्करी कार्य फस्टाए पनि जिल्ला हाक्ने जिल्ला प्रमुखको समेत फोन नउठने गरेको स्थानियले बताए । गिट्टी र बालुवा तस्करी भइरहेको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पटक पटक फोन गरेपनी नउठेको स्थानीयले जनकारी दिए । प्रहरीको कथन अनुसार स्थानीयको सुचना र सहकार्य बिना तस्करी रोक्न असम्भव रहेको भनेतापनि जिल्ला प्रमुखको फोन नउठे पश्चात् आफुहरू बाध्य भइ मिडिया मार्फत उजागर गर्न खोजेको उनले बताए ।
तस्करी गर्नु र गराउनु दुबै अपराध मानिएपनी तस्करहरूलाइ बढावा दिने प्रहरीहरूलाइ कारवाही नहुनु बिडम्बनाको बिषय बनेको छ । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी इमान्दारीता पूर्वक आफ्नो कार्य गरेको भए चप्पलको तस्करी समेत हुन नसक्ने स्थानियको दाबी रहेको छ । तसर्थ यस बिषयमा माथिल्लो निकायको ध्यान जानू अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.