Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी निरीक्षक मगरले आफ्नै संगठनको नीति निर्देशन विपरीत कार्य गर्दै, कारवाही कस्ले गर्ने ?

256

उमेश दुबे
बारा, २ माघ / नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि च्यालेन्जको रूपमा रहेको बारा जिल्लाको गोलागन्ज नाकामा सशस्त्र प्रहरी निरीक्षक आफ्नै संगठनको नीति निर्देशन विपरीत कार्य गरिरहेको पाइएको छ । सशस्त्र प्रहरी बलको नीति निर्देशन अनुसार सीमा नाकाबाट गर्ने कुनैपनी गैर कानूनी अथवा कुनै तस्कर सङ्ग सहकार्य गरे कारवाही गरिने भनिएता पनि सशस्त्र प्रहरी निरीक्षक राजकुमार जर्गा मगरले आफ्नै संगठनको नीति निर्देशन विपरित कार्य गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल संगठनलाई देशकै खम्बाको रूपमा मानिएपनी सशस्त्र प्रहरी निरीक्षक मगर जस्ता पदाधिकारीले गर्दा सम्पूर्ण संगठनकै नाम बदनाम हुने गरेको छ । सशस्त्र प्रहरी निरीक्षक राजकुमार जर्गा मगर बोर्डर आउट पोस्ट गोलागन्जमा केही दिनको लागि गएपनी छोहडा, मरिच ब्यपारी सङ्ग केही दिनकै लागि कार्य सुचारू गर्न सुझाव दिएका छन । सिम्रौणगढमै सन्चालनमा रहेको फैमिली होटलमा बोर्डर आउट पोस्ट गोलागन्जका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मगरले पठाएका हनुमान, तस्कर संगठन सङ्ग भेटी मोटो रकम लिएको बताइन्छ ।
सिम्रौणगढ स्थित भर्खरै सन्चालनमा आएको फैमिली होटेलमा तस्कर संगठनलाई बोलाइ मोटो रकमको माङ्ग गरेको श्रोतले जनाएको छ । सोही होटेलमा बसेर खाजा खाइरहेका पत्रकार आदर्श उपाध्यायले तस्कर संगठनका मुख्य नाइके र सशस्त्र प्रहरीको जमकाभेट भइरहेको हेरि आश्चर्य चकित भएको बताए । यता सशस्त्र प्रहरी बलले सीमा नाकामा कडाइ गर्न निर्देशन दिरहेकै बेला संगठनकै आदेशलाइ धज्जी उडाउदै सशस्त्र प्रहरी निरीक्षकले हनुमानकै माध्यममा रकम असुली गर्नतर्फ अग्रसर भएको उपाध्यायले जानकारी दिनुभयो ।
केही दिनकै लागि बोर्डर आउट पोस्ट गोलागन्जमा आएका सशस्त्र प्रहरी निरीक्षक राजकुमार जर्गा मगरले नाकालाइ कमाइ खाने भाडो बनाएको पत्रकार आदर्श उपाध्यायले जानकारी दिनुभयो । उहाले आफ्नो क्षेत्रमा जस्तो सुकै काम गराएपनी संगठनमा कसैले केही बिगार्न नसक्ने फुर्ती लगाउदै रावणी पारा हेराएको स्थानियहरूले बताएका छन । एक जना तस्करका अनुसार सशस्त्र प्रहरी निरीक्षक माघ ५ गतेसम्मको लागि ट्रयाक्टरको माध्यमले छोहडाको काम गर्नको निम्ति ५ लाखको माङ्ग समेत गरेको बताए तर पुन: माघ ५ पछिको समय सोचेर नगरेको बताए । केही तस्करले काम सुचारू गरेपनी आफुले सोही कारण काम नगरेको बताए ।
सशस्त्र प्रहरी बल, संगठनलाई नै बदनाम गर्ने गरि कार्य गरिरहेका सशस्त्र प्रहरी निरीक्षक राजकुमार जर्गा मगर माथी सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक र बाहिनीपतिको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.