Ultimate magazine theme for WordPress.

राजधानीको बिषयलाई लिएर निरन्तर बिरगंजमा आन्दोलन जारी

196

पर्सा, ६ माघ / सन्युक्त युवा बिधार्थी संगठनले मधेस प्रदेशको राजधानी जनकपुर कायम भएपछी निरन्तर आज चौथो दिनपनी आन्दोलन जारी राखेका छन । बिरगंजको घण्टाघरमा आयोजना गरिएको बिरोध प्रदर्शनमा मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु मुर्दावाद, वीरगञ्जलाई राजधानी कायम गर’ लगायतका नारा लगाउदै सन्युक्त बिधार्थी संगठनले बिरोध प्रदर्शन गरेका हुन ।

मधेश आन्दोलनमा सबै भन्दा ठूलो भुमिका रहेको बिरगंजलाई राजधानी नबनाइ जनकपुरधामलाइ बनाउदा बिरगंजका जनता सङ्ग खेलवाड भएको बताउदै निरन्तर चौथो दिनपनी बिरोध प्रदर्शन गरिएको छ । आफ्नो स्वार्थको निमित मुख्यमन्त्री लगायत बिधायकहरूले बिरगंजलाई राजधानी बनाउन नदिएको आरोप लगाउदै बिरोध प्रदर्शन गरिएको जनाइएको छ ।

विद्यायकहरुको उदासिनताका कारण वीरगञ्जले राजधानी गुमाउनु परेको बताउँदै उनीहरुले प्रदेश सभा सदस्यहरुप्रति आक्रोश पोखेका थिए । शुक्रवार साझ मसाल् जुलूस र शनिवार ठाकुररामबाट रयाली निकाल्ने समेत निर्णय भएको अनिल पटेलले जानकारी दिएका छन ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका सुधीर पटेल, युवा संघ नेपालका केन्द्रिय सदस्य एवम पर्सा इंचार्ज अनिल पटेल, युवा संघ पर्साका श्री लाल कुश्वाहा, अनिस पटेल, अनिल कुश्वाहा, लोकतान्त्रिक समाजवादी पार्टीका सुजीत गिरी, राजू गुप्ता, अखिलका केन्द्रिय सदस्य जुबैर आलम, कबीर पटेल, मेराज अंसारी लगायतको युवा बिधार्थीहरूको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.