Ultimate magazine theme for WordPress.

मटीअर्वा नाकामा तनाव, भारतीय एसएसबीको कुटाईबाट नेपाली नागरिक घाइते

316

बारा, २४ जेष्ठ / बाराको मटीअर्वा नाकामा एसएसबीको कुटाईबाट एक जना नेपाली नागरिक घाइते भएका छन । भारतको अदापुर बिहेको जुता किन्न गइरहेका नेपाली नागरिकलाई भारतीय एसएसबीले कुटपिट गरी घाइते बनाएको बिरोधमा मटीअर्वा नाकामा स्थानीयहरुले प्रदर्शन गरेका हुन ।
भारतको एसएसबीले नेपाली नागरिकलाई कुटपिट गरी घाइते बनाएको बिरोधमा स्थानीयहरुले भारतीय प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी २३ बर्षिय सजिल मिया घाइते भएको स्थानीयले जनाएका हुन । स्थानीयका अनुसार भारतको अदापुर बिहेको जुत्ता किन्न गइरहेको मियालाई भारतीय एसएसबीले कुटपिट गरी घाइते बनाएको बताएका छन ।
घाइते मियाको उपचार कलैया स्थित अस्पतालमा भइरहेको छ भने स्थानीयद्वारा मटीअर्वा नाकामा प्रदर्शन जारी रहेको बताएका छन । कुटपिट गर्ने भारतीय एसएसबीलाई कारवाहीको मांग गर्दै स्थानीयहरुले प्रदर्शन जारी राखेका हुन । यता घटना स्थलमा पुगेका दुबै पक्षका सुरक्षाकर्मी प्रमुख बिच सम्झौता जारी रहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.