Ultimate magazine theme for WordPress.

बिधुतीय पोल र तार जडान हुदा कृषकहरु हर्षित

62

सबिर आलम
बारा, २० चैत्र / रौतहट जिल्लाको कटहरीया नगरपालिका वार्ड न.४ बहादुरपुर टोलका कृषकहरुका लागि बिद्युतीय पोल र तार जडान हुने भएपछि हर्षित भएका छन । बिगत लामो समयदेखि बिद्युतीय पोल र तारको अभावले दुख झे्ल्दै आएका कृषकहरु हाल जडान हुने भएपछि हर्षित भएका हुन ।
आम जनता पार्टी निकटतम सांस्कृतिक मोर्चा संगठन मधेस प्रदेशका अध्यक्ष दिपलाल यादवको पहलमा नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मौलापुरले कृाषकहरुका लागि बिद्युतीय पोल र तार जडान गर्ने भएको छ । कृषि गर्न जमिन योग्य रहेपनि पानीको अभावको समस्याले चिन्तित रहेका कृषकहरुले दिपलाल यादव प्रति धन्यवाद दिदै हर्षित भएको बताएका छन । कटहरीया नगरपालिका वार्ड न.४ बहादुरपुर टोलका कृषकहरु जोखन पडित, आसा यादव ,नवीन यादव र वैजनाथ यादवले हाम्रो अहिलेको वर्तमान समयमा हाम्रो समाजमा विकास गर्नको लागि यस्ता—यस्ता युवाहरुको खाचो रहेको तथा आउदो दिनमा यस्ता काम गर्ने युवाहरुलाई अगाडि प्रोत्साहन गर्न हामी किसानहरुलाई अगाडि बढनु पर्ने भन्दै आम किसानहरुलाई आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.