Ultimate magazine theme for WordPress.

बारा डिस्टिलरीमा छापा : घटना लुकाउन प्रहरी र आन्तरिक राजस्वका कर्मचारीलाइ चिसो र नगदको उपहार

547

बारा, २० चैत्र / बारा जिल्लाको बिश्रामपुर गाउपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको बारा डिस्टिलरीमा प्रहरी र आन्तरिक राजस्व कार्यालय सिमराले छापा हानेपनि उपहारमा चिसो र नगद पाएपछि आधा घन्टा मै टोलि फिर्ता भएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार आन्तरिक राजस्व कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय प्रसौनीको सन्युक्त टोलिले मङ्गलवार अपरान्ह करिब १२ बजे बारा डिस्टिलरीमा छापामारी गरेपनी केही आर्थिकको भागबन्डा पाए पश्चात् आधा घन्टा नबित्दै टोलि फिर्ता भएको हो । बारा डिस्टिलरीबाट उत्पादन हुने शिल प्याक मदिरा भित्र मरेको माकुरो सहित लेदो र अर्को कम्पनीको बोतल प्रयोग भएको खबर पाउनसाथ छापामारीको योजना गरिएपनी आर्थिक र चिसोको उपहार पाए पश्चात् टोलि फिर्ता हुन पुगेको छापामारीमा गएको एक कर्मचारी बताउछन । उहाले आफू सानो दर्जामा रहेको कारण नाम सम्प्रेषण नगर्ने सर्तमा करिब १२ बजे मारिएको छापा अरिब आधा घन्टा मै फिर्ता भएको बताए । छापामारीको क्रममा बारा डिस्टिलरीका संचालकको छोरा र गएका कर्मचारी बन्द कोठा भित्र १० मिनेटको बर्तालाप पछि फिर्ता भएको, उनले दाबी गरे । यता सोही क्रममा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहरा सङ्ग सम्पर्क गर्दा उहाँले अहिले बारा डिस्टिलरीमा रहेको र चेकजाच भइरहेको बताएका थिए । तर आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडाले लेदो र मरेको माकुरो बरामद भएको खबर आफुलाइ जानकारी रहेको तर अनुसन्धान गर्ने निकाय जिल्ला प्रशासन कार्यालय रहेको कारण आफुहरू केही गर्न नसक्ने भन्दै पन्छिन खोज्नु भयो । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे बारा डिस्टिलरीमा भएको छापामारीको बिषयमा बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न ।

Leave A Reply

Your email address will not be published.