Ultimate magazine theme for WordPress.

बारामा लक डाउनको नाममा खेलवाड, प्रहरी प्रशासन मौन

413

उमेश दुबे
बारा १ बैशाख ÷ बाराको सीमा लगायत ग्रामिण भेगमा नेपाल सरकारले लगाएको लक डाउनको पालना गरेपनि कलैया बजारमा उल्लंघनकर्ताहरुको संख्यामा बृद्धि भएको छ । नेपाल सरकारले लागु गरेको लक डाउनको २१ औं दिन बिति सक्दापनि प्रहरी प्रशासनको फितलो काम कारवाहीले उल्लंघनकर्ताहरुको बृद्धि भएको हो ।
बाराको बिभिन्न ठाउहरुमा प्रहरी परिचालन गरिएपनि स्थानिय लगायत बिभिन्न ठाउहरुबाट आवत जावत गर्नेको संख्यामा कमि आएको छैन । बाराको कलैयामा लक डाउन मात्र नामको लागि हो भन्दै एक जना सर्वसधारणले कतिखेर कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि समेत हुन्छ ठेकान छैन, उनले भने । बाराको ग्रामिण तथा सीमा नाका वरिपरी लगायतको ठाउहरुका स्थानियले लक डाउनको पालना गर्दै घर भित्र बसेका छन् भने कलैया बजारमा छयाप्ती छयाप्ती ओहर दोहर गरिरहेको बारे तस्बीरले प्रष्ट पारेको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस महामारीको बेला जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको चरम लापरवाहीले लक डाउनलाई बेवास्ता गरिएको स्थानिय समाजसेवीले बताए । कोरोना भाइरसको बिषयमा चेतना आफैमा हुनुपर्दछ तर प्रहरी प्रशासन खटाएपनि लक डाउनको उल्लंघन हुनु दुर्भाग्यको रहेको, उनले बताए । प्रमुख जिल्ला अधिकारीले केही निर्णय लिन नसकिएकै कारण लक डाउनलाई बेवास्ता गरिएको बुझिन्छ, भन्दै दुखेसो पोखे ।
यस्तो महामारीको समयमा प्रमुख जिल्ला अधिकारीले काम कारवाहीको साथ साथै निर्णय लिन नसक्नु कतिको उचित रहेको बारे छर्लङ छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण केही जमातीहरु नेपालमा प्रवेश गरेको बारे सर्वविधितै छ । अपना काम बनता, भाड मे जाए जानता भन्ने सोचका साथ प्रमुख जिल्ला अधिकारी रहेको बारे उहाकै कार्यशैलीबाट प्रष्ट हुन्छ । तसर्थ ः कलैया उप—महानगरपालिका भित्र यस्तै चहलपहल रहयो भने संक्रमण भेटनुमा दुईमत छैन ।
यता कलैया उप—महानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले यस अनलाइन संग कुरा गर्दै प्रहरी प्रशासन संग समन्वय गरी कडाई गरिने बताउनु भयो । उहाले गतको दिनहरु भन्दा हालको समयमा चहल पहलमा कमी आएको दावी गर्नुभयो । नगर प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी लगायत द्वय प्रहरी उपरीक्षकहरु संग समन्वय गरी लक डाउनको बिषयमा कडा रुपले लाग्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.