Ultimate magazine theme for WordPress.

बारामा घुमुवाले मचाए आर्थिक तान्डव

444

बारा, २२ जेष्ठ / इलाका प्रहरी कार्यालय प्रसौनी मातहात पर्ने प्रहरी चौकीहरुमा कार्यरत रहेका घुमुवाहरुले आर्थिक तान्डव मचाएको खबर प्राप्त भएको छ । सीमाबाट हुने अवैध कृयाकलापलाई रोक्नुको सट्टा केही रकमको प्रलोभनमा परी अवैध कृयाकलापलाई घुमुवाहरुले बढावा दिइरहेको खबर प्राप्त भएको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनी मातहातमा पर्ने प्रहरी चौकी मुसहर्वा, सीमा प्रहरी चौकी छतवा लगायतको ठाउहरुमा घुमुवाहरुले आर्थिक चान्दा आतंक नै मचाएको स्थानीयहरुले गुनासो गरेका छन । स्थानीयहरुले यस अनलाइन संग कुरा गर्दै सीमाबाट हुने अवैध कृयाकलाप जस्तै खदान्य समाग्री, भैसी, कपडा लगायतको तस्कर गिरोह संग सहकार्य गरी तस्करीलाई बढावा दिइएको आरोप लगाएका छन ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक हवलदार संतोष पटेललाई सादा पोशाकमा खटाइएको छ भने प्रहरी चौकी मुसहर्वाबाट प्रहरी हवलदार बच्चा यादव र सीमा प्रहरी चौकी छतवाबाट प्रहरी सहायक हवलदार सोनालाल रामलाई आर्थिक कारोवारको निम्ति सादा पोशाकमा परिचालन गरिएको छ । सादा पोशाकमा खटिने यी तिन जना प्रहरीको दरबन्दी बारा जिल्ला नभएपनि माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पारी बिगत १७ महिनादेखी एउटै ठाउमा कार्यरत रहेका छन ।
नेपाल प्रहरी संगठनको नीति निर्देशनलाई लत्याउदै आफ्नो हाकिमलाई खुस पार्नको निम्ति मासिक १० देखी १५ लाख रुपैयासम्म तस्कर संगठनहरुबाट उठाउने गरेको स्थानीयले आरोप लगाएका छन । स्थानीयहरुका अनुसार यी तिन जना प्रहरीले आफ्नो वर्दी र पावरको दुरुपयोग गर्दै सीमा नाकाहरुबाट व्यापक रुपमा तस्करी गराइरहेको आरोप लगाए ।
यता एक जना प्रहरी श्रोतका अनुसार स्थानीय एक पत्रिकामा तस्करीको बिषयमा समाचार उजागर गर्नसाथ यी तिन जना प्रहरीहरु आइतवार एका बिहानै ति पत्रकारको घरमा समेत पुगी भेटी चढाएको बताए । उनका अनुसार प्रति व्यक्ति ५ हजारको माध्यमले १५ हजार रुपैया पत्रकारलाई दिएको बताए । जनताको अवाजलाई बुलन्द गर्ने तथा जनताको गुनासो राख्ने माध्यम भनेकै पत्रकारीता क्षेत्रलाई समेत बदनाम गर्दै आर्थिक कलेक्सनमा बढोत्तरी भएको यस घटनाले प्रमाणित गरेको छ ।
नेपाली जनताको जिउधन तथा शान्ति सुरक्षाको ठेक्का पाएका नेपाल प्रहरीले आफ्नो वर्दीको आडमा सीमा नाकालाई कमाई खाने भाडो बनाएका कारण स्थानीयहरुले नेपाल प्रहरी माथि गरेको बिश्वास गुम्दै गएको छ । तसर्थः यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.