Ultimate magazine theme for WordPress.

बारा प्रहरीले कमाई खाने धन्दा बनाउदै तस्करी माध्यम

291

बारा, २२ जेष्ठ / बाराको खजानी नाका हुदै तस्करी धान्दा मौलाए पश्चात स्थानीय प्रहरीले नाकालाई तस्करीको माध्यमले कमाई खाने भाडो बनाएका छन । तस्करी गर्न र गराउन दुबैलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले आदेश गरेपनि खजानी नाकाबाट व्यापक रुपमा तस्करी बढेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मातहातमा पर्ने इलाका प्रहरी कार्यालय सिम्रौणगढ अन्तर्गत प्रहरी चौकी खजानी नाकाबाट प्रहरीकै सहयोगमा व्यापक रुपमा तस्करीको कार्य मौलाएपनि माथिल्लो निकायको मौनताले प्रश्ण चिन्ह खडा गरेको छ । तस्करीको मालसमान आयात तथा निर्यातको निम्ति स्थानीय प्रहरीले समेत स्कटीङ गर्ने गरेको स्थानीयहरु बताउछन । स्थानीयहरुका अनुसार इलाका प्रहरी कार्यालय सिम्रैणगढका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्ले र स्थानीय प्रहरी चौकी खजानीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनरेश यादवलाई तस्करीको बिषयमा पटक पटक जानकारी गराइ रहदापनि केही सुनवाइ नहुने गरेको दुखेसो पोखेका छन ।
शान्ति सुरक्षाको साथ साथै चोरी तस्करी नियन्त्रणको निम्ति खटिएका प्रहरीहरुले आर्थिक प्रलोभनमा परी आफ्नो मुलुकको साथै आफ्नो संगठनलाई बदनाम गर्ने गरेको स्थानीयले बताए । उहाले आफुहरु पटक पटक खजानी नाकाबाट हुने गरेको चोरी तस्करीको बिषयमा सुचना दिइरहेपनि केही वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले दिएको आदेशलाई लत्याउदै प्रहरी निरीक्षक देवराज काफ्ले र प्रहरी सहायक निरीक्षक रामनरेश यादवले आफ्नो पावरलाई दुरुपयोग गर्दै तस्करीको माध्यमले आफ्नो कमाई धन्दा बनाएका छन । खजानी नाका हुदै चिनि, हार्डवेयर, कपडा, कस्मेटिक समाग्री लगायतको अवैध धन्दा सुचारु भएको छ, कारण हो प्रहरीहरुको घुसखोरी र आर्थिक प्रलोभन ।
यता एक जना प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने गरेको अपराध अनुसन्धान शाखाका कर्मचारीको सहयोगमा तस्करीको अवैध धन्दा मौलाएको बताए । स्थानीय प्रहरी चौकी खजानीका प्रमुख यादवले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरीलाई मासिक एक लाखको नजराना बुझाउने गरेको कारण तस्करी धन्दा मौलाउदै गएको बताए । उहाले आफ्नो नाम उजागर नगर्ने सर्तमा इलाका प्रहरी कार्यालय सिम्रौणगढ अन्तर्गत रहेको प्रहरी चौकी खजानीका साथ साथै प्रहरी चौकी पथलवाघाटबाट समेत तस्करी धन्दा मौलाएको बताए ।
आफ्नो संगठनको नीति निर्देशनलाई खिल्ली उडाउदै अवैध कारोवारको माध्यमले आफ्नो आय श्रोत बनाउने गरेको प्रहरी न त देशको हुन्छ, न त आफ्नो संगठनकै । तसर्थ ः यस्ता कृयाकलाप गराउने प्रहरी अधिकारीहरुलाई कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.