Ultimate magazine theme for WordPress.

फेटामा गा.पा स्तरिय महिला मानव अधिकार रक्षक सजाल गठन

220

बारा ३ फाल्गुन / विगत वर्षदेखि नै महिलाको क्षेत्रमा क्रियाशिल संस्था सखी : महिलाको साथीको सहजीकरण तथा Urgent Action Fund को अािर्थक सहयोगमा संचालित परियोजना अन्र्तगत आज फेटा गाँउपालिकाका सबै वडाहरुबाट युवा महिलाहरु छनौट गरि २१ सदसिय महिला मानव अधिकार संजाल गठन भएको छ । फेटा गाँउपालिका भित्रको महिलाहरुलाई मानव अधिकारको आधारभुत ज्ञान अभिवृद्धि गर्ने तथा महिलाहरुको मानव अधिकारको रक्षा गर्ने तथा वकालत गर्ने मुख्य उद्देश्यले यो संजाल गठन गरिएको संखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले जानकारी गराइन । फेटा गा.पा ७ कि नितु कुशवाहाको संयोजकतामा गठित संजालमा अनुपमा पाण्डेय, उमा देवी, कमलपति देवी, लक्ष्मी कुमारी यादव, सुनिता कुमारी, रुपा कुमारी राम, ज्योति कुमारी, पुजा कुशवाहा, खोतायजा खातुन , हेमान्ती कुमारी ठाकुर, नितु शर्मा लगायतका सदस्य रहेका छन । हामीले पहिलो चरणमा महिला संजाल गठन गर्ने तथा त्यसपछि सम्पूर्ण सदस्यहरुलाई ५ दिवसिय महिला मानव अधिकार सम्बन्धि तालिम दिने योजना रहेको कुरा संस्थाकी अध्यक्ष मधु कुशवाहाले जनाइन । तालिम यहि फाल्गुन १० गते देखि काठमाडौबाट यस क्षेत्रका विज्ञालाई बोलाई दिने जानकारी पनि गराइन । हामीलाई अहिले सम्म पनि हाम्रो मानव अधिकार, महिला अधिकारको बारेमा केही थाहा नभएको तथा यस संजालमा आबद्ध भई तालिमबाट सिकेर गाँउ समाजका महिलाहरुको मानव अधिकारको लागि वकालत गर्नेछु भनेर संजालकी संयोजक नितु कुशवाहाले भनिन ।

Leave A Reply

Your email address will not be published.