Ultimate magazine theme for WordPress.

प्रहरी निरीक्षक यादवको कडा एक्सन, बाराको सडक सुनसान

667

उमेश दुबे
बारा,१६ चैत / इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले कडा एक्सन देखाउनसाथ बारा जिल्लाको मूल सडक लगायत ग्रामीण भेगको सडक सुनसान भएको छ । लक डाउनलाई उल्लंघन गर्ने ब्यक्ति तथा लक डावनलाइ बेवास्ता गर्दै गुडाउने सवारी साधनलाइ इलाका प्रहरी कार्यालय प्रसौनीले नियन्त्रणमा लिन थालेपछी सडक सुनसान बनेको हो ।
नेपाल सरकारले जारी गरेको लक डाउनलाई बेवास्ता गरि ओहर दोहर गर्ने ३० जना ब्यक्ति र ६० वटा सवारी साधनलाइ नियन्त्रणमा लिइ कारवाही गरेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिनुभयो । उहाले नेपाल सरकारले लागू गरेको लक डाउन, सरकारको लागि नभएर आम नेपाली नागरिकको लागि भएको हुनाले बेवास्ता गर्ने र उल्लंघन गर्नेहरूलाइ नियन्त्रणमा लिएको बताउनु भयो । इलाका प्रहरी कार्यालय प्रसौनीको मातहातमा पर्ने प्रहरी चौकीहरूका प्रमुखलाई कडा निर्देशन दिनुको साथै आफुपनी सडकमा खटिने गरेको प्रहरी निरीक्षक यादवले बताउनु भयो ।
प्रहरीको कडाइ हुनसाथ बिरगंज-कलैया सडक लगायत ग्रामीण भेगमा चल्ने सवारी साधन समेत ठप्प भएको छ । बिरगंज-कलैया सडकमा अति अवाश्यक सवारी साधन जस्तै एमबुलेन्स, प्रहरी गाडी, प्रेसको गाडी गुडेपनी अरू सबै खालका सवारी साधन माथी रोक लगाइएको प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिनुभयो । यस अनलाइन सङ्ग कुरा गर्दै उहाले आम सर्वसाधारणलाई आ-आफ्नो घरबाट बाहिर ननिस्कन अपिल समेत गर्नुभयो । प्रहरी निरीक्षक यादवले कोरोना भाइरस सङ्ग जोगिन उपायहरू समेत गाउँ गाउँ टोल टोलमा पुगि प्रचार प्रसार समेत गर्ने गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय प्रसौनी मातहात पर्ने स्थानियको भनाइ अनुसार प्रहरी निरीक्षक ओम प्रकाश यादवले गरिरहेको कार्य सराहनीय रहेको बताएका छन । हाम्रो देश नेपाल लगायत १९६ वटा देशमा फैलिएको यस्तो महामारीको बेला पनि प्रहरी निरीक्षक ओम प्रकाश यादव आफ्नो जिउ ज्यानको ख्याल नगर्दै रात दिन स्थानियको सहयोगमा जुटेको कार्य सराहनीय रहेको स्थानियहरूको भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.