Ultimate magazine theme for WordPress.

नियम कानुनको धज्जि उडाउने प्रहरी नायब निरीक्षक साह कारवाहीको लागि तानिए

221

उमेश दुबे
बारा, १५ चैत ÷ बाराको सीमा प्रहरी चौकी छतवा नाका हुदै तस्करीको लाइन चलाएको अभियोगमा सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साह कारवाहीको निम्ति जिल्ला प्रहरी कार्यालय बारामा तानिएका छन् । मुलुक क्रोना भाइरसको चपेटामा परेको बेला मौकाको फाइदा उठाउदै सीमा नाकाबाट तस्करी गराएको अभियोगमा प्रदेश प्रहरी कार्यालयले कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा तानिएको हो ।
आफ्नो वर्दीको फाइदा उठाउदै प्रहरी नायब निरीक्षक प्रमोद साहले सीमा नाकालाई कमाई खाने भाडो बनाए पश्चात प्रदेश प्रहरी कार्यालयले कारवाही गरिने भएको छ । केही पैसाको प्रलोभनमा परी मासिक ५० हजार र रातिको समयमा ड्यूटी खर्च वापत २ हजार बुझने गरेको बिषयमा यसै अनलाइन मार्फत समाचार सम्प्रेशन भएको थियो । समाचार सम्प्रेशन हुनसाथ प्रदेश नम्बर २ का डिआईजी प्रधुमन कार्कीले दिएको ठाडो निर्देशनले सीमाबाट हुने अवैध कारोवार छोकडा नियन्त्रणमा लिन सफल भएको र त्यही स्वरुप स्थानिय सीमा प्रहरी चौकी छतवाका प्रहरी नायब निरीक्षक साह तानिएको प्रदेश प्रहरी श्रोतले जनाएको हो ।
स्थानिय श्रोतले जनाए अनुसार सीमा प्रहरी चौकी मातहात पर्ने खेखरीया र कल्यानपुर नाका हुदै ठूलै मात्रामा तस्करीको लाइन दिएको र तस्करीको मालसमान वारी पारी गर्नको निम्ति आफै स्कटीङ गर्ने गरेको बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी कार्कीको निर्देशन आउनसाथ नेपाल र भारतको सीमा नाका हुदै हुने अवैध क्रियाकलाप बन्द भएको र तस्करहरुमा हडकम्प मचेको बुझिन्छ । नेपाल प्रहरीका केही भ्रष्ट प्रहरीले गर्दा सम्पूर्ण प्रहरीको बदनामी हुने गरेको यहि घटनाबाट प्रस्ट हुन्छ । नेपाल र भारतको सीमा नाकाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलको रहेपनि सशस्त्र प्रहरीको ड्यूटी हेर्ने र तस्करीको मालसमानको आफै स्कटीङ गर्ने गरेका यस्ता भ्रष्ट प्रहरी माथि कारवाही हुन जरुरी देखिन्थयो, स्थानियले बताए ।

Leave A Reply

Your email address will not be published.