Ultimate magazine theme for WordPress.

प्रतीक दैनिकको ३४ औं वार्षिकोत्सव, सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार खड्कालाई प्रदान

129

वीरगंज, १ भदौ / वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सुबोध फोटो पत्रकारिता पुरस्कार यस वर्ष मध्यनेपाल दैनिकको कविता खडकालाई प्रदान गरियो । पत्रिकाका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले २५ हजार रुपिया“ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
कोरोना सङ्क्रमण बेला भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई विसङ्क्रिमत गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम पत्रिकाको कार्यालयमा आयोजना गरिएको प्रधान सम्पादक शर्माले बताउनुभयो । वहा“ले यसपटक कोरोनाको महामारीको समयमा जोखिम मोल लिएर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्ष्ाँकर्मी तथा सञ्चारकर्मीलाई तत् क्ष्ँेत्रको प्रतिनिधिको रूपमा सम्मानित गरिएको बताउनुभयो । यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान
रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.