Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी उपरीक्षक कर्णजितको कडा एक्सन, करीब ७ लाख बराबरको मोटरसाइकल सहित कपडा बरामद

1,292

उमेश दुबे
बारा, ३ भाद्र / सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितको कडा एक्सनले तस्करहरूमा हडकम्प मचेको छ । मुलूक लगायत विश्व ब्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा मुख्य नाकाको साथ साथै ग्रामिण भेगहरूमा समेत निगरानी सशस्त्र प्रहरी बलले बढाएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक कर्णजितको आदेश पाउनसाथ सीमामा बसेका सशस्त्र प्रहरीको साथ साथै ग्रामिण भेगमा बस्ने बेस क्याम्पहरूको सशस्त्र प्रहरीले समेत आफ्नो निगरानी बढाएको छ । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउदै अबैध रूपले नेपाल भित्रयाएको मोटरसाइकल सहितको कपडा बरामद समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो ।
उहाले विशेष सूचना पाउनसाथ सशस्त्र प्रहरीको टोलि परिचालन गरिएको र ४ वटा मोटरसाइकल सहित करीब ६ लाख ७२ हजार बराबरको कपडा बरामद गरिएको बताउनु भयो । आज बिहान ६ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नम्बर ८ लङ्गडा चौक नजिकैबाट एउटा नेपाली नम्बर प्लेटको साथ साथै ३ वटा भारतीय नम्बर मोटरसाइकलमा कपडा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले बताउनु भयो ।
ना ३५ प २४४३, बि.आर.०५ ओ ४०६८, बि.आर.०५ एक्स ५२४० र बि.आर ०५ ए ५७५१ नम्बरको मोटरसाइकलमा अबैध रूपले कपडा भित्रयाएको सूचना पाउनसाथ टोलि परिचालन गरिएको र लङ्गडा चौक नजिकैबाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले बताए । यस अनलाइन सङ्ग कुरा गर्दै उहाले आज बिहान करीब ७ बजेको समयमा झरोकर पोखरा हुँदै टाउकोमा नेपाल भित्रयाउदै गरेको रेडिमेड कपडाको साथ साथै सुर्ती समेत बरामद गरिएको बताउनु भयो ।
सीमामा सशस्त्र प्रहरीको व्यापक निगरानी बढनसाथ तस्कर समुहले टाउकोमै बोकि नेपाल भित्रयाउदै गरेको करीब २७ हजार बराबरको कपडाको साथ साथै सुर्ती बरामद गरिएको बताउनु भयो । पक्राउ गरिएको कपडा, मोटरसाइक, सुर्ती अवाश्यक कारवाहीको लागि भन्सार दाखिला गर्ने तयारी गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.