Ultimate magazine theme for WordPress.

पर्साको मुख्य नाका लगायत ग्रामिण भेगहरूबाट तस्करी सुचारू, प्रहरी प्रमुख भए मालामाल

153

पर्सा,३ बैशाख / नेपाल प्रहरी र सशस्त्र प्रहरीका द्वय प्रहरी प्रमुखको इशारा पाउनसाथ नेपाल र भारतको सीमाबाट तस्करी सूचारू भएको बुझिन्छ । बिरगंजको मुख्य नाकाको रूपमा चिनिने बिरगंज भन्सार अगाडीको साथ साथै इनर्वा गाउको सडक प्रयोग गर्दै प्रती दिन करोडौको मालसमान आयात तथा निर्यात हुने गरेको पाइएको हो । बिरगंजको मुख्य नाकाको साथ साथै ग्रामिण भेगमा पर्ने भिस्वा र अमरपट्टिबाट समेत प्रहरी प्रमुखको इशारा पाउनसाथ तस्करी कार्य सुचारू भएको बताइन्छ ।
नेपाल र भारतको सीमा नाकामा खटिने सशस्त्र प्रहरी र स्थानीय प्रहरी चौकीको मिलोमतोमा व्यापक रूपमा तस्करीको कार्य बढेपनी जिल्ला प्रहरी प्रमुखको साथै प्रदेश र बाहिनी प्रमुख समेत मौन बस्नुले प्रहरी संगठन माथी नै प्रश्न चिन्ह खडा भएको छ । भिस्वा र अमरपट्टि नाका हुँदै प्रती दिन १५ देखि १८ वटा ट्रयाक्टरमा मालासमान अबैध तरिकाले नेपाल र भारत आयात निर्यात हुने गरेको पाइन्छ । बिगत लामो समयदेखी चल्दै आएको तस्करी लाइन न्यूनिकरण गर्नको निम्ति सशस्त्र प्रहरीले स्क्वाड टोलि नामक टोलि परिचालन समेत गरेको छ तर आर्थिक कलेक्सन बाहेक हालसम्म केही नगरेको कार्यशैलीले प्रष्ट भएको छ ।
सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउनुको साटो आफ्नो कमाइ खाने भाडो बनाएको बिषयमा अहिलेको कार्यशैलीले प्रष्ट पारेको छ । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्रप्रकाश गौतमलाइ पटक पटक सूचना दिएपनी हालसम्म केही गर्न नसकेको भिस्वाका स्थानीयले बताएका छन । भिस्वा र अमरपट्टिबाट कवाड, हार्डवेयर, कपडा, कुखुरा, जुटको बोरा लगायतको काम भइरहेपनी सशस्त्र प्रहरी मुख्दर्शक बन्न बाहेक केही गर्न नसकेको स्थानीयले आरोप लगाएका छन । यस बिषयमा इमान्दार भनाउदाहरूको ध्यान अहिलेपनी जाने हो कि होइन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.