Ultimate magazine theme for WordPress.

तिनै तहको आगामी निर्वाचनमा कांग्रेसको बहुमतको सरकार बन्ने -पूर्व मन्त्री मंसुर

62

बारा-१० कात्तिक / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमूल्लाह मंसुरले आउंदो तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो । नेपाली कांग्रेस जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १२ ले शुभ दिपावली तथा छठपर्वको अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै पूर्वमन्त्री मंसुरले नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो ।
उहाले अहिले नेपाली कांग्रेसको पक्षमा जनमतको लहर आएकोले आंउदो तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षसम्म जनताको हित र विकास निर्माणको बारेमा काम गर्नुको सट्टा आफू कसरी बलियो हुने मात्र कार्य गरि माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई भितामा पुर्‍याउने कार्य मात्र गरेको बतांउदै पूर्वमन्त्री मंसुरले तीन वर्षसम्म काण्डै काण्डको सरकार रहेको नेपाली जनताहरूले बिश्लेषण गरेर नेपाली कांग्रेसको पक्षमा जनमतको लहर आएको बताउनुभयो ।
ओलीले पैसा र पावरको लागि आफनै नातागोताको भर्ती केन्द्र बनाई संविधानलाई अपदस्थ पार्न दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि संविधान, लोकतन्त्र र देशको जनताको लागि नेपाली कांग्रेस अगाडि आएर सरकारको नेतृत्व गरेको पूर्वमन्त्री मंसुरले बताउनुभयो ।अहिलेको गठबन्धनको सरकारले थोरै दिनमा गरेको कामप्रति नेपाली जनताले देशमा सरकार रहेको अनुभुती गरेको पूर्व मन्त्री मन्सूरले दाबी गर्नुभयो । ओलीले पहाडमा मधेसीलाई अपमानित गर्ने, उपेन्द्र यादव र महन्थ ठाकुरले तराई मधेशमा पहाडी समुदायले अपमानित गरि उग्रवादी सोचले अगाडि बढेर सम्प्रदायिकता फैलाउन थालेपछि नेपाली कांग्रेस अगाडि बढेर पहाडी र मधेसी सबै नेपाली हुन सबैको अधिकार छ, समन्वयकारी भुमिका निर्वाह गरि मतभेदलाई हटाएर भाईचारा कायम गरेर मुलुक शान्ति र स्मृद्धिको बाटोमा हिंडेका बताउनुभयो ।
उग्रवादी सोंच सफल नभएपछि विगतको निर्वाचनमा नेपाली कांग्रेसको डरले एकमत भएका पार्टीहरू अहिले टुक्राटुक्रा भईसकेकको पूर्वमन्त्री मंसुरले बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, पूर्व सभासद डा.शोभाकर पराजुली, क्षेत्र नं.३ को क का प्रदेश सभासदस्यका प्रत्याशी उम्मेदवार रामानन्द यादव, नेपाली कांग्रेस बाराका सहसचिव देवेन्द्र उपाध्याय, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयरका प्रत्याशी उम्मेदवार नारायणी रायमाझी, क्षेत्र नं.३ का सभापति मुकेश कुशवाहा, जितपुर सिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ता लगायतले शुभकामना मन्तब्य दिनुभएको नेपाली कांग्रेसका युवा नेता मुकेश यादवले जानकारी दिनुभयो ।
वडा नं. १२ का बुथ सभापति विश्वनाथ साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर पूर्वमन्त्री मंसुरले सम्मानित गर्नुभएको थियोे ।

Leave A Reply

Your email address will not be published.