Ultimate magazine theme for WordPress.

तस्करीको कुरा नमिलेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच तनाव

565

उमेश दुबे
पर्सा, २ श्रावण / पर्साको अलौ नाका हुँदै फस्टाइरहेको तस्करी नेपाल प्रहरीले रोक्न खोज्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच तनाव उत्पन्न भएको छ । आज करीब २ बजेको समयमा सशस्त्र प्रहरीले दिएको तस्करी लाइन नेपाल प्रहरीले रोक्न खोज्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच तनाव उतपन्न भएको थियो ।
अलौ नाकाको सिवान टोला निवासी अकास श्रीवास्तवले आफ्नो नागरिक्ता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा आउने क्रममा सशस्त्र प्रहरीले कुटपिट गरेको थियो । तर तस्करीको लाइन दिएको बिरोधमा स्थानीयहरूले बिरोध जनाए पछि घटना स्थल नेपाल प्रहरी पुगेको थियो । नेपाल प्रहरी घटना स्थल पुग्नसाथ तस्करीको मालसमान किन छोडेको भन्दा सशस्त्र प्रहरी तर्फबाट अपशब्द प्रयोग गर्दै जवाफ आएपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच भनाभन भएको थियो ।
अलौ नाका हुदै खाने तेल, इलेक्ट्रोनिक समाग्री, हार्डवेयर, छोकडा, मल, कपडा लगायतको तस्करी सुचारू भएको बुझिन्छ । दिनभरी मल र खाने तेलको तस्करी सुरू भएको छ भने रातिको समयमा छोकडा, मरिच, कपडा र हार्डवेयरको समाग्री अबैध तरिकाले आयात निर्यात हुने गरेको स्थानीयले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.