Ultimate magazine theme for WordPress.

ट्रान्सपोर्टकै माध्यमले विभिन्न ठाउमा तस्करीको मालसमान पुर्याइदै, मासिक नजरानामा प्रहरी लिप्त

513

पर्सा, ८ भदौ / बिरगंजको सीमा नाकाहरूबाट अबैध तरिकाले भित्रिएको मालसमान ट्रान्सपोर्टकै माध्यमले मुलूकको विभिन्न ठाउहरूमा पुर्याउने गरेको रहस्य खुलेको छ । प्रहरीकै संरक्षणमा हुने गरेको तस्करी बारे दुइमत नरहेपनी प्रहरीकै सहयोगमा मुलूकको विभिन्न ठाउहरूमा अबैध मालसमान पुग्ने गरेको बताइन्छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल र शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीको सन्युक्त टोलिले अबैध मालसमान पक्राउ गर्नुको साटो संरक्षण गर्दै आएका छन । बिरगंजको इनर्वा हुँदै कुख्यात तस्कर सुरेन्द्र र दिपक भनिनेले अबैध तरिकाले प्रती दिन करोडौ बराबरको कपडा नेपाल भित्रयाइरहेपनी प्रहरी प्रशासन नियन्त्रण गर्नुको साटो संरक्षण गर्दै आएको हो ।
ठुला बडा तस्करको मातहातमा काम गर्दै आएका ती तस्कर समुहले प्रती दिन ८० देखि १ सय साइकलमा कपडा लोड गरि नेपाल भित्रयाउने गरेका छन । जसका कारण बोर्डर आउट पोस्ट भन्सार, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण र २ नम्बर बाहिनीको नाममा मासिक १२ लाख रूपैया उठेको छ भने स्थानीय प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरीको नामले मासिक २० लाख रूपैया दिइएको कारण तस्करी कार्य सुचारू भएको एक जना श्रोतले जानकारी दिएका छन ।
उनका अनुसार बिरगंजको इनर्वा हुँदै नेपाल भित्रिने र ट्रान्सपोर्टको माध्यमले मुलूकको विभिन्न ठाउमा पुर्याउने गरेको बताए । खास गरि कपडा, हार्डवेयर भित्रयाउने गरेको, उनले बताए । श्रोतका अनुसार सीमादेखी राजधानीसम्म पैसा बाडिएको छ, अनि कुनै प्रहरीले किन पक्राउ गर्ने सोच भएकै कारण प्रती दिन ८० देखि १ सय साइकलसम्म कपडा निर्वाध रूपले नेपाल भित्रिने गरेको बताए । उनले आफ्नो नाम नछाप्ने सर्तमा सीमामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र रूट हेर्ने काम गरेको समेत उल्लेख गरे । अब यस्ता प्रहरी अधिकारीहरू माथी संगठनका प्रमुख र इमान्दारीको प्रचार प्रसारमा लागेका गृहमन्त्री बाल कृष्ण खाणको ध्यान जान्छ कि जादैन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.