Ultimate magazine theme for WordPress.

क्राइम टोलि प्राइस टोलिमा परिणत, पर्साको नाकाहरूबाट व्यापक रूपमा तस्करी

210

पर्सा, २९ माघ / पर्साको सीमावर्ती नाकाहरूबाट प्रहरीकै सक्रियतामा व्यापक रूपमा तस्करीको कार्य बढन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिले आफ्नो काम जिम्मेवारीलाइ निर्वाह नगरी तस्कर समुह सङ्ग साटघाट गर्नसाथ तस्करी कार्य फस्टाएको हो ।
पर्साको जानकिटोला, भिस्वा, आसवारी, मिर्जापुर, सुवर्णपुर लगायतको ठाउहरूबाट तस्करी कार्य फस्टाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने प्रहरी जवान लालबाबु भनिनेले तस्कर समूह सङ्ग रकम लिने गरेको एक अडियो रेकर्डबाट प्रमानित भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलिको नाम सहित प्रहरी नायब उपरीक्षक र प्रहरी उपरीक्षकको नाममा समेत रकम उठाइएको बताइन्छ । क्राइम टोलि मासिक नजराना बुझनसाथ तस्कर गिरोहहरू सीमा स्थित रहेको प्रहरी चौकीका हाकिमहरूलाइ भेट चढाउने परम्परा अहिलेसम्म जिवितै रहेको छ ।
शान्ती सुरक्षाको नाममा खटिने प्रहरीहरू आफ्नो वर्दीको आडमा सीमा नाकाहरूलाइ कमाइ खाने भाडो बनाएको छ । सीमाबाट हुने अबैध कार्यहरूबाट मासिक नजराना बुझ्दै आएका छन । यस बिषयमा माथिल्लो निकायको ध्यान जाने हो कि होइन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.