Ultimate magazine theme for WordPress.

कृयाशिल सदस्यहरुको वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

68

बारा, २६ असोज / नेपाली काङ्ग्रेस बारा जिल्ला क्षेत्र नम्बर २ का ४४ वडाका अगुवा कृयाशिल सदस्यहरूको वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस महागढिमाइ नगरपालिकाले आयोजन गरेको कृयाशिल सदस्य हरु को वडा स्तरिय प्रशिक्षण कार्यक्रम कलैयाको होटेल करण राजमा सोमबार सम्पन्न भएको हो ।
नेपाल बिद्यार्थी संघका निबर्तमान सह महामन्त्री राजेश रौनियारले अगामी आउने स्थानीय तह र प्रादेशिक चुनावमा बारा अग्र स्थानमा हुने बिश्वास ब्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेसको योगदान र नेपाली काङ्ग्रेसको कमि महसूस हुने गरेको कारण अगामी हुने चुनावमा बारा जिल्लाभरी नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूको जित निश्चित हुने बताउनु भयो । कार्यक्रममा नेपाल बिद्यार्थी संघका निबर्तमान सह महामन्त्री राजेश रौनियारले हिन्दुहरूको महान चाड पर्व बडा दशैको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी राम अयोध्या यादव , अतिथी हरु पुर्ब जिबिस सभापति राजेन्द्र यादव , जिल्ला सचिव मनोज भट्ट , जिल्ला सदस्य प्रमोद यादव ,पचरौता नपा का मेयर प्रत्याशी किशोरी यादव, महाधिवेशन प्रतिनिधि अनिल चौधरी, महागढिमाइका उप मेयर तारा देबि कानु, क्षेत्रीय उप सभापति लक्ष्मण जैसवाल, पुर्ब गाबिस अध्यक्ष हरु श्री नारायण सिंह , राम अवध यादव , राजेन्द्र सिंह , सुदामा साह कानु लगातत ले मन्तव्य ब्यक्त गरेका थिए, कार्यक्रम ४४ वडा कै क्रीयाशिल सदस्यहरु, वडा सभापतिहरु, लगायत सयौ को उपस्थिति रहेको थियो, कार्यक्रम को अध्यक्षता महागढिमाइका मेयर उपेन्द्र यादव तथा कार्यक्रम को प्रशिक्षण मकवानपुरका निर्वाचन अधिकृत कृष्ण दहालले , सन्चालन भैया राम यादवले गरेका थिए।।
कार्यक्रममा अधिकान्स वक्ताहरुले पार्टीको हैकम वादलाई परास्त गर्न जुन सुकै बलिदानी दिने कुराहरु बताएका थिए ।

Leave A Reply

Your email address will not be published.