Ultimate magazine theme for WordPress.

एनि हाउ पैसा कमाउ धन्दामा प्रमुख जिल्ला अधिकारी, कारवाही कस्ले गर्ने ?

308

उमेश दुबे
बारा, १ बैशाख / विश्वभरी कोरोना भाइरसको त्रास फैलिएकै बेला जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा धमाधम क्रसर उधोग सन्चालनमा आउन थालेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रमुख जिल्ला अधिकारी लागे पश्चात् बारा जिल्लामा अबैध रूपले दर्जनौ क्रसर सन्चालनमा आएको हो ।
क्रसर उधोगबाट प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीलाई मोटो रकम आए पश्चात् क्रसर उधोगलाइ केहि नगरेको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार क्रसर उधोग सन्चालन गर्नको निम्ति सन्चालक आफै प्रती महिनाको हिसाब किताब प्रमुखलाइ बुझाए पश्चात् सन्चालन गर्न दिएको बताए ।
बारा जिल्लामा दर्जनौ क्रसर उधोग सन्चालनमा छ । निजगढ, फेटा, गम्हरिया, कवहिगोठ, कचोर्वा लगायतमा दर्जनौ क्रसर उधोग सन्चालनमा छ । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित भने मौन हेरिएका छन ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी सङ्ग बुझ्दा क्रसर सन्चालन गर्न नमिल्ने बताए पनि समितीले सन्चालन गर्ने नगर्ने बिषयमा निर्णय गरिने बताउदै पन्छिन खोज्नु भयो । तर जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले फोन उठाएन्न ।
एक जना वहाकै श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी पन्डित आउनसाथ क्रसर उधोगका एक जना सन्चालकले भव्य स्वागत गर्नुको साथै आर्थिकबाट समेत सहयोग गरेको बताए । गृहमन्त्रीको आशराले जिल्ला प्रशासन कार्यालय बारामा आउन सफल भएका प्रमुख जिल्ला अधिकारी पन्डित हालको समयमा पनि ब्रम्हलूट मचाएको श्रोतको दाबी रहेको छ । तसर्थ : यस्ता भ्रष्टाचारलाई बढवा दिने प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले तह लगाउन जरुरी देखिन्छ । नत्र आउने दिनमा भ्रष्टाचारको साथ साथै अपराधी क्रियाकलाप समेत बढ्न नसक्ने भनिन्न सकिन्न ।

Leave A Reply

Your email address will not be published.